Logo

विश्व

२ वर्षीय छोरालाई २९ लाखमा बेचे, त्यही पैसाले पूरै देश घुम्न निस्किए



एजेन्सी , वैशाख २१ – संसार विचित्रको छ। यहाँ थरीथरीका मान्छेहरु छन्। त्यसैले पनि कहीलेकाहीँ अकल्पनीय र अविश्वसनीय घटना घटिरहेका हुन्छन्। चीनमा पनि यस्तै एउटा अप्रिय घटना भएकाे छ।

चीनमा एक पुरुषले आफ्नो २ वर्षीय छोरालाई करिब २९ लाख नेपाली रुपैयाँमा बेचेका छन्। समाचार एजेन्सीका अनुसार छोरा बेच्ने पुरुषको थर शी हो। पुलिसका अनुसार शीले छोरालाई चांग्सु सहरमा बस्ने सन्तान नभएका दम्पतीलाई १ लाख ५८ हजार युआनमा बेचेका हुन्।

केही समयअघि शी र उनको श्रीमतीबीच सम्बन्धविच्छेद भएको थियो। उनीहरुको एक छोरी र एक छोरा थिए। छोरीलाई उनकी श्रीमती र छोरालाई शीले पाल्ने सहमति भएको थियो। यी व्यक्तिले अर्कै सहरमा काम गर्थे त्यसैले छोरालाई आफ्ना भाइको परिवारसँग हुजोउ सहरमा छोडेर गएका थिए।

अघिल्लो महिना उनी फर्केर आएर छोरालाई लिएर गएका थिए। उनले छोराकी आमाले छोरालाई हेर्न चाहेको बताएर छोरा लिएर गएका थिए। तर, उनले बाहाना बनाएर छोरा ल्याई पैसामा बेचेको पाइएको हो।

छोरालाई बेचेर पाएको पैसा लिएर उनी नयाँ श्रीमतीसँग देश घुमघाममा निस्किएको बताइएको छ। लामो समयसम्म छोरा फिर्ता नआएपछि शीका भाइले यसबारे प्रहरीलाई अबर गरेका थिए। हाल, शी प्रहरीको नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको र शीविरुद्ध कानुनी कारबाही अघि बढाइएको त्यहाँको प्रहरीले जानकारी दिएको छ।

केपी ओलीमाथि खतराको घण्टीः कांग्रेस नेता गगन थापाको अन्तरवार्ता

प्रकाशित : २१ बैशाख २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल