Logo

मनोरञ्जन

नेपाली गायक दिवेश अमेरिकन आइडलको टप ७ मा



काठमाडौं, वैशाख २० – नेपाली गायक दिवेश पोखरेल अर्थात आर्थर गन अमेरिकन आइडलको टप ७ मा पुगेका छन्। उनी नयाँ संस्करणको अमेरिकन आइडलको उत्कृष्ट ७ मा परेका हुन्।

गत वर्षको अमेरिकन आइडलका फस्ट रनरअप दिवेशको चर्चा सर्वत्र भएको थियो। उनलाई विश्वभरका नेपालीहरुले हौसला र साथ दिएका थिए। यस सिजन पनि प्रतिस्पर्धा गर्न गएका दिवेशले राम्रो प्रतिक्रिया पाइरहेका छन्।

भोटिङका लागि २ साता समय राख्दै अप्रिल २६ सम्म समय तोकिएको थियो। भोटिङबाट अघिल्लो वर्ष प्रतिस्पर्धा गरेका १० जनालाई उछिन्दै दिवेशले उत्कृष्ट १० मा स्थान बनाएका थिए।

अघिल्लो वर्ष प्रतिस्पर्धा गरेका १० जना मध्ये सर्वाधिक भोट ल्याउने एक जना प्रतिस्पर्धी अगाडि बढ्ने नियम ‘अमेरिकन आइडल’को छ। आइतबार १० जनाले प्रतिस्पर्धा गरेका थिए। जसमा ३ जना बाहिरिएपछि दिवेश उत्कृष्ट ७ मा स्थान बनाउन सफल भएका हुन्।

हेर्नुहोस्ः किन र कसरी बन्ने सरकारी वकील? (भिडियो)

प्रकाशित : २० बैशाख २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल