Logo

खेलकुद

अविश्वसनीय मेसी : पेनाल्टीमा चुक्दा फ्रिकिकमा गोल



एजेन्सी – अर्जेन्टिनी फुटबलर लियोनल मेसी अविश्वसनीय खेलाडी मानिन्छन्। यो वाक्यमा सबैको सहमति नरहला तर, धेरै फुटबलप्रेमी मेसीलाई उत्कृष्ट फुटबलर मान्न तयार हुन्छन्। मैदानमा मेसीले देखाउने खेलकौशल हेर्नलायक हुन्छ।

स्पेनिस ला लिगामा आइतबार राति बार्सिलोनाले भ्यालेन्सयालाई ३–२ गोलले पराजित गर्‍याे। उक्त खेलमा बार्सिलोनाका लागि कप्तान मेसीले २ गोल गरे। भ्यालेन्सियाविरुद्ध मेसी प्रस्तुति हेर्नलायक बन्यो। एक गोलले पछि परेको अवस्थामा बार्सिलोनाले पेनाल्टी पाएको थियो। मेसीले प्रहार गरेको पेनाल्टी भ्यालेन्सियाका किपरले विफल बनाए तर, मेसीले रि–बाउण्डमा तत्काल गोल गर्दै बार्सिलोनालाई बराबरीको स्थितिमा ल्याए।

खेलको ६३ औं मिनेटमा ग्रिजम्यानले बार्सिलोनाको अग्रता दोब्बर बनाए। ६९ औं मिनेटमा बार्सिलोनाले फ्रिकिक पायो। मेसीले २५ यार्ड टाढाबाट बललाई पोष्टको दिशा दिए। यससँगै मेसीले बार्सिलोनाका लागि सबै प्रतियोगितामा गरेर ५० औं फ्रिकिक गोल पूरा गरेका छन्।

खेलमा भ्यालेन्सियाले थप एक गोल गरे पनि बार्सिलोना विजयी भयो। खेलपछि सामाजिक सञ्जालमा बार्सिलोनाभन्दा पनि मेसीको चर्चा चुलिएको छ। पेनाल्टीमा चुकेर रि–बाउण्डमा मेसीले गरेको गोल र उनको फ्रिकिक गोलको सर्वत्र प्रशंसा भइरहेको छ।

मेसीले सन् २०१८ देखियता २२ गोल फ्रिकिकमार्फत गरेका छन्। यस सिजनमा मेसीले ३ फ्रिकिक गोल गरिसकेका छन्। मेसीले आफ्नो करियरमा ५६ औं फ्रिकिक गोल पुर्‍याएका छन्। जुन संख्या अर्का उत्कृष्ट फुटबलर क्रिस्टियानो रोनाल्डोसँग बराबरी भएको छ।

रमेश खरेल अब राजनीतिमा ? (अन्तरवार्ता)

प्रकाशित : २० बैशाख २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल