Logo

राजनीति

मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्ति रोक्न माग गर्दै प्रदेश प्रमुखलाई ४० सांसदको पत्र



बुटवल, १९ वैशाख – लुम्बिनी प्रदेशसभाका विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाइसकेकाले पुनः मुख्यमन्त्री नियुक्त नगर्न र शपथ नगराउन प्रदेश प्रमुखसँग माग गरेका छन्।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित बिमलाकुमारी खत्री वलीले आइतबार मात्रै आफ्नो प्रतिनिधित्वका लागि माओवादी केन्द्र रोजेपछि एमालेका पोखरेलले बहुमत गुमाएका छन्।

एमालेको बहुमत गुमेपछि माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरू प्रदेश प्रमुख कार्यालय पुगेर पुनः मुख्यमन्त्रीमा नियुक्ति र शपथ रोक्न आग्रह गरेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताएका हुन्।

शंकर पोखरेलले एकपछि अर्को बेइमानी गरेको र बहुमत गुमाइसकेपछि पनि बहुमतमा छु भनेर प्रदेश प्रमुखलाई ढाँटेको बताउँदै घर्तीले भने, ‘विशेष अधिवेशन पनि अन्त्य गराउनुभयो, अब उहाँसँग होइन, हामीसँग बहुमत छ, हामीले सरकार बनाउँदै छौं भन्ने जानकारी प्रदेश प्रमुखलाई गरायौं।’

अब चार दलको बैठक बसेर संविधानको धारा १६८ उपधारा २ अनुसार गठबन्धन सरकार बनाउने दावी लिखित रुपमा बुझाउने घर्तीले बताएका छन्।

वलीले माओवादी केन्द्र रोजेपछि ८१ सदस्यीय प्रदेशसभामा विपक्षी गठबन्धनमा ४१ सांसद पुगेका छन्। जसमध्ये एक जना सभामुख छन्।

संविधानको धारा १६८ (१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ। प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन्।

पोखरेलले आफूसँग ४१ सांसदको बहुमत रहेको दावी गर्दै एकल बहुमतको सरकारको मुख्यमन्त्रीमा नियुक्ति र सपथको तयारी गरेका थिए।

मुख्यमन्त्रीको यस्तो तयारीपछि दाङ ३ ९ख० बाट निर्वाचित वलीले प्रेस विज्ञप्ति जारी गर्दै आफूले माओवादी केन्द्र रोजेको स्पष्ट पारेकी थिइन्। वलीको निर्णयपछिहाल ८१ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत गुमेको छ। प्रदेशसभामा एमालेको सांसद संख्या ४० मात्र पुग्छ।

केपी ओलीमाथि खतराको घण्टीः कांग्रेस नेता गगन थापाको अन्तरवार्ता

प्रकाशित : १९ बैशाख २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल