Logo

राजनीति

लुम्बिनीमा एमालेको बहुमत गुम्यो, संकटमा शंकर पोखरेल, वली भन्छिन्, ‘हो म माओवादीमा प्रवेश गरेँ’



काठमाडाैं, १९ वैशाख – मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर आजै पुनः सपथग्रहण गर्ने तयारी गरिरहँदा लुम्बिनी प्रदेशसभा नयाँ तरंग पैदा हुने खबर आएको छ। दाङ प्रदेशसभा ३ (ख) बाट उपनिर्वाचन विजयी भएकी बिमलाकुमारी खत्री (वली) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि एमालेको बहुमत गुमेको हो।

एमाले नेता उत्तरकुमार वलीको सडक दुर्घटनामा परी निधन भएको थियो। उपनिर्वाचनमा विजयी वली माओवादीमा प्रवेश गरेपछि अब मुख्यमन्त्री पदमा फेरि सपथ गर्ने पोखरेलको सपना पूरा हुन नसक्ने अवस्था पैदा भएको छ।

पोखरेलले बहुमत संख्या ४१ सांसदसहित मुख्यमन्त्रीमा फर्किने योजना बनाएका थिए। दुर्घटनामा ज्यान गुमाएका बिमलाका श्रीमान् एवम् एमाले नेता उत्तरकुमार वली एमालेबाटै निर्वाचित थिए।

तर, उपनिर्वाचनका बेला दुई पार्टी मिलेर नेकपा बनेको थियो। नेकपाबाट उपनिर्वाचन लडेकी वली फागुन २३ गते दुई पार्टी ब्यूँतिएपछि कता लाग्ने भन्ने टुंगो थिएन।

यसैबीच, माओवादी नेतृ एवं सांसद वलीले आफू माओवादीमा प्रवेश गरेको पुष्टि गरेकी छिन्। उपनिर्वाचनमा नेकपाबाट उठ्दा माओवादीले नै जिताएकाले पार्टी प्रवेश गरेको उनले बताइन्।

‘हाे म माओ‌वादीमा प्रवेश गरिसकेकी हुँ, मलाई माओवादीले नै जिताएकाले यो निर्णय लिएकी हुँ,’ वलीले भनिन्।

केपी ओलीमाथि खतराको घण्टीः कांग्रेस नेता गगन थापाको अन्तरवार्ता

प्रकाशित : १९ बैशाख २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल