Logo

मनोरञ्जन

‘ग्लोबल एनआरएन सिंगिङ आइडलले प्रवासी युवाहरूको प्रतिभा उजागर गर्ने छ’



दोहा – गैरआवासीय नेपाली संघका सचिव गौरीराज जोशीले ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशनले परदेशमा रहेको दोस्रो पुस्ताका नेपालीहरूको प्रतिभालाई उजागर गर्ने बताएका छन्।

गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलका सन्दर्भमा आयोजित छलफललाई सम्बोधन गर्दै जोशीले सिंगिङ आइडलको आयोजना आफैमा ऐतिहासिक अवसर भएको बताएका हुन्।

ग्लोबल एनआरएन सिंगिङ आइडल आयोजना गर्दा प्रवासमा रहेका नेपालीहरूले आफ्नो देशको कला, संस्कृति र संगीतलाई माया गर्छन् भन्ने कुरा झल्काएको जोशीको धारणा छ।

सचिव जोशीले प्रतियोगितालाई सफल बनाउन गैरआवासीय नेपाली संघ लागिपरेको बताए। राष्ट्रिय समन्वय परिषदहरूले पनि सबैतिर प्रचारप्रसार गरिराहेको जानकारी दिँदै जोशीले आफ्नो क्षेत्रबाट धेरैलाई सहभागी गराउन आफूहरू खटिरहेको स्पष्ट पारे।

‘युवाहरूको प्रतिभालाई उजागर गर्न ग्लोबल एनआरएन सिंगिङ आइडलको पहिलो संस्करण सफल पार्न हामी सबै लागिपरेका छौं, प्रतियोगिताले नेपालप्रति प्रवासी नेपालीहरूको माया झल्काउने छ,’ उनले भने।

विभिन्न देशमा छरिएका नेपालीलाई सिंगिङ आइडलले नेपालसँग जोड्न मद्दत गर्ने बताउँदै जोशीले कार्यक्रमको तयारीमा गर्नुपर्ने सहयोग र प्रतियोगीहरूलाई सहभागिताका लागि निरन्तर प्रोत्साहित गरिरहेको जानकारी दिए।

‘प्रवासमा रहेको दोश्रो पुस्ताका सम्पूर्ण युवाहरूले ग्लोबल एनआरएन सिंगिङ आइडलमा उत्साहजनक रुपमा सहभागिता जनाउने मेरो विश्वास छ, मैले सबै युवाहरूलाई आइडलमा भाग लिन आग्रह गरिरहेको छु,’ जोशीले भने।

रमेश खरेल अब राजनीतिमा ? (अन्तरवार्ता)

प्रकाशित : १४ बैशाख २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल