Logo

मनोरञ्जन

‘ग्लोबल एनआरएन सिंगिङ आइडलले दोस्रो पुस्ताका प्रवासी नेपालीलाई देशसँग जोड्छ’



लण्डन – गैरआवसीय नेपाली संघ (एनआरएनए) का युरोप संयोजक नारायण आचार्यले ग्लोबल एनआरएन सिंगिङ आइडल परदेशमा रहेका दोस्रो पुस्ताका नेपालीलाई आफ्नो देशको कला र संस्कृतिसँग जोड्ने बताएका छन्।

गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलका सन्दर्भमा आयोजित छलफललाई सम्बोधन गर्दै आचार्यले प्रवासी नेपालीहरूलाई लक्षित गरी ल्याइएको आइडल प्रभावकारी र आकर्षक हुने बताएका हुन्।

‘एनआरएनए मध्यपूर्व युवा विभागले सिंगिङ आइडलको अवधारण सुनाएपछि नै हामीले यो प्रतियोगिता ऐतिहासिक र प्रभावकारी हुन्छ भन्ने ठहर गरेका थियौं,’ संयोजक आचार्यले भने, ‘एनआरएन दोस्रो पुस्ताका लागि यो सिंगिङ आइडल आकर्षक छ, यसले उनीहरुलाई आफ्नो देशसँग जोड्न मद्दत गर्छ।’

प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन आफूले पनि पहल गरिरहेको आचार्यले जानकारी दिए। ‘यूरोप क्षेत्रको संयोजक भएको हिसाबले मैले यो कार्यक्रमका लागि आवश्यक सरसहयो गरिरहेको छु, यस क्षेत्रमा रहेका सबै एनसिसीलाई पत्रचार, प्रचार गरेको छु,’ उनले थपे।

एनआरएन आइडल सफल बनाउनु सबैको दायित्व बन्ने आचार्यको धारणा छ। ‘यो हामी सबैको साझा प्रतियोगिता हो, यसलाई सफल बनाउन सबै लाग्नुपर्छ, अब डिजिटल अडिशनको समय थोरै बाँकी छ, र पनि हामी धेरै जनालाई सहभागी गराउन प्रयास गरिरहेका छौं,’ आचार्यले भने।

युरोप संयोजक आचार्यले दोस्रो पुस्ताका प्रवासी नेपालीले आफू जुन देशमा बस्यो त्यहीँको भाषा, संस्कृति सहज रुपमा सिके पनि उनीहरूलाई आफ्नो पूर्खासँग जोडिने रहर हुने प्रष्ट पारे।

ग्लोबल एनआरएन सिंगिङ आइडलले ती नेपालीलाई आफ्ना पूर्खासँग जोड्न ठूलो योगदान दिने आचार्यले उल्लेख गरेका छन्।

‘हाम्रा सन्ततिहरूलाई हाम्रो भाषा, संस्कृति र संगीतको ज्ञान दिनु हाम्रो कर्तव्य हो, त्यसमा पनि यो सिंगिङ आइडलले हामीलाई सहयोग गरिरहेको छ, त्यसैले हामी सबैलाई यसलाई भवयरुपमा सफल बनाउनुपर्छ, कार्यक्रमको सफलताको शुभकामना,’ आचार्यले भने।

रमेश खरेल अब राजनीतिमा ? (अन्तरवार्ता)

प्रकाशित : १६ बैशाख २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल