Logo

समाचार

ह्याप्पी माइन्ड्स् डट हेल्थ: अब अनलाइनबाटै मानसिक स्वास्थ्योपचार, आनी छोइङ डोल्माले गरिन् उद्घाटन



काठमाडौं, १५ वैशाख – मानसिक स्वास्थ्य सेवालाई अनलाइनमार्फत सेवा प्रवाह गर्ने उद्देश्यले ‘ह्याप्पी माइन्स् डट हेल्थ’को शुरुआत गरिएको छ। काठमाडौंमा आयोजित औपचारिक कार्यक्रमका बीच ‘ह्याप्पी माइण्ड्स् डट हेल्थ’ शुरुआत गरिएको हो।

गायिका एवं सामाजिक अभियन्ता आनी छोइङ डोल्माले ‘ह्याप्पी माइन्ड्स् डट हेल्थ’ को औपचारिक उद्घाटन गरेकी हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै उनले खासगरी युवाहरूलाई अनिवार्य रुपमा ध्यान गर्न सुझाव दिइन्।

संगीतले पनि थेरापीको काम गर्ने बताउंदै उनले आफ्नो शारीरिक साथै मानसिक स्वास्थ्यको पनि ख्याल गर्न सबैलाई आग्रह गरिन्। उनले सही समयमा सही सेवा शुरु गरेको भन्दै ‘ह्याप्पी माइन्ड्स् डट हेल्थ’ को सफलताको कामना पनि गरिन्।

‘ह्याप्पी माइण्ड्स् डट हेल्थ’ अनलाइनबाटै मानसिक स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने अनलाइन प्लेटफर्म हो।

जीजी कर्पोरेसन प्रालिले सञ्चालनमा ल्याएको ह्याप्पी माइन्ड्स् डट हेल्थका माध्यमबाट मानसिक स्वास्थ्यसम्बन्धी जागरुकता बढाउने, मानसिक स्वच्छता र मानसिक स्वास्थ्यसम्बन्धी प्राथमिक चिकित्सकीय सहायता प्रदान गरिने उक्त संस्थाले बताएको छ।

‘महामारीका बेला मानसिक स्वास्थ्य समस्या’

मनोचिकित्सक डा. सुरज शाक्यको नेतृत्वमा ह्याप्पी माइण्ड्स् डट हेल्थमा नेपाल, अमेरिका र अष्ट्रेलियाका काम गरिरहेका अनुभवी नेपाली मनोविशेषज्ञ रहेका छन्।

डा. शाक्यले कोभिड महामारीका बेला मानिसहरुमा मानसिक स्वास्थ्य समस्या पनि निकै बढेर गएको बताउँदै रोजगारदाताहरूलाई आफ्ना कर्मचारी र शैक्षिक संस्थाहरूलाई आफ्ना विद्यार्थीहरूको मानसिक स्वास्थ्यको ख्याल गर्न आग्रह गरे।

मानसिक समस्यालाई समयमै सम्बोधन नगर्दा डिप्रेसन तथा देहत्यागका घटनाहरू पनि बढ्दै गएको बताउँदै शाक्यले आफ्नो परिवारका सदस्य तथा साथीहरुमा त्यस्तो समस्या देखिए तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्न र विज्ञहरूबाट परामर्श लिन आग्रह गरे।

ह्याप्पी माइन्ड्स्‌की प्रबन्ध निर्देशक श्रेया गिरीले अनलाइनबाटै मनोचिकित्सा सेवा प्रदानका लागि ह्याप्पी माइन्ड्स् डट हेल्थ सुरु गरिएको बताइन्।

‘कोरोना प्रकोपपछि विश्वभरि मानसिक समस्या विकराल बनिरहेको छ, नेपालमा पनि यो अवस्था निकै गम्भीर रुपमा देखिएको छ,’ प्रबन्ध निर्देशक गिरीले भनिन्, ‘यही समस्याको न्यूनिकरण र निराकरणको उद्देश्यका साथ हामीले युवाहरूको टिम बनाएर ह्याप्पी माइन्ड्स् डट हेल्थ शुरु गरिएको हो।’

ह्याप्पी माइन्ड्स् डट हेल्थ (www.happyminds.health) ले आफ्नो सेवा अनलाइन माध्यमबाटै गोपनीयताका साथ जुम र अनलाइनको सहायताले विशेषज्ञहरूले सञ्चालन गर्ने प्रबन्ध निर्देशक गिरीले बताइन्।

प्रबन्ध निर्देशक गिरीले नै यो सेवा र प्लेटफर्मको अवधारणा ल्याएकी हुन् । गत वर्ष लन्डनमा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका बेला कोभिड–१९ प्रकोप शुरु भएपछि आफू पनि मानसिक स्वास्थ्य समस्याबाट गुज्रिएको उनले बताइन् ।

‘लकडाउनका बेला निरास र एक्लो’

लकडाउनका बेला आफूलाई निरास र एक्लो महसुस गर्दै आफ्नो काम र विश्वविद्यालयको पठन पठन गर्न पनि असमर्थ भएपछि नेपाली मनोचिकित्सकको खोजी गर्दा निकै सास्ती भोगेको उनले बताइन्। ‘त्यसपछि मैले यो समस्याको पहिचान गरी समाधान खोज्ने अठोट लिएँ, त्यसैको प्रतिफल ह्याप्पी माइन्ड्स् डट हेल्थ सुरु गरिएको हो,’ गिरीले भनिन्।

शैक्षिक संस्थान, कर्पोरेट र विभिन्न संगठनसँग साझेदारी गर्ने पनि लक्ष्य लिइएको गिरीले बताइन्। ‘ह्याप्पी माइन्ड्स् टिमले स्कूल र कलेज, कर्मचारी सहायता कार्यक्रम, प्राथमिक उपचार, मानसिक स्वास्थ्यसम्बन्धी कार्यशाला र अन्य थुप्रै सेवा प्रदान गर्न योजनाबद्ध कार्यक्रम बनाएको छ,’ उनले भनिन्।

सिंगापुर रेडक्रसकी प्रतिनिधि कल्पना क्षेत्री, इथियोपियाका लागि मानार्थ महावाणिज्यदूत राजेन्द्र गिरी, नर्थफेस, टिम्बरल्याण्ड र कोलम्बिया ब्रान्डकी सञ्चालक डिकिला लामा लगायतले ह्याप्पी माइण्ड्स् डट हेल्थ मानसिक स्वास्थ्य सेवाका लागि महत्त्वपूर्ण अनलाइनमाध्यमका रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

दीपिका गजुरेलः सबैलाई जितेकी उत्कृष्ट सरकारी वकील 

प्रकाशित : १५ बैशाख २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल