Logo

मनोरञ्जन

ग्लोबल एनआरएन सिंगिङ आइडल: कर्मभूमिमा क्रियाशील नेपालीलाई संगीतको सुत्रमा बाँध्ने अवसर



दोहा, ६ वैशाख – गैरआसावीय नेपालीहरूको दोश्रो पुस्तालाई लक्षित गरी आयोजना गरिएको ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को विषयमा अहिले विश्वव्यापी चर्चा छ।

नेपाल र नेपाली पुगेका विश्वका सबैजसो देशमा ग्लोबल एनआरएन सिंगिङ आइडलको तयारी चलिरहेको छ। गैरआवासीय नेपालीहरू आ–आफ्नो ठाउँबाट आइडल सफल बनाउन लागिरहेका छन्।

गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा समितिले सबै राष्ट्रिय समन्वय समितिले सबै देशका राष्ट्रिय समन्वय समिति र अन्तर्राष्ट्रिय समन्वय समितिले ग्लोबल एनआरएन सिंगिङ आइडलको तयारीमा ध्यान केन्द्रित गरेका छन्।

गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व संयोजक एवं ग्लोबल सिंगिङ आइडलका मुख्य सहयोगी प्रविण गुरुङले विश्वभरिबाट नेपालीहरूको उत्साहजनक सहभागिता र प्रतियोगिताबारे व्यक्त चासोले आइडलको गरिमा अझै बृद्धि गरेको बताएका छन्।

‘नेपालबाट धन कमाउनका लागि मात्रै कोही विदेशिएका हुँदैनन्, विदेशमा गएर त्यहाँको विकास, परिवर्तन र समकालीन अवस्थाको सम्पूर्ण ज्ञान दिइने गरिन्छ, ग्लोबल एनआरएन सिंगिङ आइडल पनि विदेशमा बस्दा त्यहाँ सिकेको संगीतको ज्ञान प्रस्तुत गर्ने प्लाटफर्म हो,’ गुरुङले भने।

विदेश पुगेका धेरै नेपाली कला, संगीतदेखि वैज्ञानिक आविष्कारसम्मका क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेको संयोजक गुरुङको धारणा छ। जहाँ पुगे पनि नेपाली माटो र नेपाल आमालाई सम्झेर शिर सगरमाथाझैं उचो पार्ने ध्यानमा सबै प्रवासी नेपालीहरू रहने गुरुङले बताए।

‘एक पटकको नेपाली सधैंको नेपाली, जन्म जहाँ हुन्छ, त्यही माटोको ऋण र सुगन्ध लिएर विश्वका जुनसुकै देशमा पुगे पनि आफ्नो जन्मभूतिप्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ,’ गुरुङले भने।

जन्मभूमिबाट कर्मभूमिमा पुगेका नेपालीहरूलाई संगीतको सुत्रमा बाँध्ने अवसरका रुपमा ग्लोबल एनआरएन सिंगिङ आइडललाई लिन आग्रह गर्दै मध्यपूर्व संयोजक गुरुङले नेपाली माटोबाट सिकेको संगीतको धुनलाई विश्वभरि पुर्‍याउनुपर्नेमा जोड दिए।

डिजिटल अडिसनका लागि भिडियो पठाउन अनुरोध

पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने मिति ३० अप्रिलसम्म बढाइएपछि यसको तयारी अझै विशिष्ट ढंगबाट चलिरहेको छ।

ग्लोबल एनआरएन सिंगिङ आइडलमार्फत् आफ्नो प्रतिभा प्रष्फुटन गर्न ४० वर्षसम्मका युवाहरूले अवसर प्राप्त गरेका छन्।

ग्लोबल एनआरएन आइडलका विजेताले प्राप्त गर्ने पुरस्कार राशि ३ गुणाभन्दा धेरै बढाएर ७ लाख रुपैयाँ तय गरिएको छ। यसअघि डिजिटल अडिसन अप्रिल १० तारिखका लागि तय भएको थियो र, प्रथम पुरस्कारको राशि २ लाख रुपैयाँ तोकिएको थियो।

त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ। ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ।

डिजिटल अडिसन अप्रिल ३० मा हुने छ। ओपनिङ राउन्ड मे १४ र १५ तारिखमा हुने छ। ग्राण्ड फिनाले मे २१ तारिखमा सम्पन्न हुने छ।

ग्लोबल सिंगिङ आइडल–२०२१ मा निर्णायकको भूमिकामा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायिका प्राश्ना शाक्य र गायक विजय लामा रहेका छन्।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय युवा समितिद्वारा आयोजना गर्न लागिएको ग्लोबल एनआरएन सिंगिङ आइडलमा सहभागी हुन इच्छुक प्रतियोगीहरूले भिडियो पठाइरहेका छन्।

गुरुङले विजेता छनोट गर्न पारदर्शितामा ध्यान दिनुपर्ने भएकाले पब्लिक भोटिङ र अनलाइन भोटिङको व्यवस्था गरिएको बताउँदै डिजिटल अडिसनका लागि भिडियो पठाउन आग्रह पनि गरेका छन्।

सन्दीप क्षेत्री र कुलमान घिसिङकाे पर्‍याे घम्साघम्सी (भिडियाे)

प्रकाशित : ६ बैशाख २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल