Logo

मनोरञ्जन

‘संगीत र स्वरको झंकारमा विश्वभर चिनिने अवसर: ग्लोबल एनआरएन सिंगिङ आइडल’



दोहा, १ वैशाख – ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को तयारी भव्य रुपमा चलिरहेको छ। ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को सम्पूर्ण तयारीमा जुटेको छ, गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा समिति।

एनआरएनए मध्यपूर्व युवा समिति संयोजक राज रेग्मी अहोरात्र खटिएका छन् ग्लोबल सिंगिङ आइडलको तयारीमा। पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने मिति ३० अप्रिलसम्म बढाइएपछि यसको तयारी अझै विशिष्ट ढंगबाट चलिरहेको रेग्मीले बताए।

‘युवाहरूमा उत्साह देखिएको छ, विश्वभरिका नेपालीहरूले डिजिटल अडिसनका लागि भिडियो पठाइरहनु भएको छ, अझै पठाउँदै हुनुहुन्छ, र धेरै ठाउँबाट आइडलको अफिसियल पेजमा जिज्ञाशा राखिरहनु भएको छ,’ रेग्मीले भने।

प्रतियोगिताको आयोजनाको तयारी र प्रतियोगीहरुको सुझावलाई दृष्टिगत गरी डिजिटल अडिसनको समय थपिएको बताउँदै संयोजक रेग्मीले प्रवासमा रहेका नेपालीहरूका लागि यो सुवर्ण अवसर रहेको धारणा राखे।

‘ग्लोबल एनआरएन सिंगिङ आइडल सामान्य सांगीतिक कार्यक्रम मात्रै होइन, यो प्रवासमा रहनु भएका संगीत साधनामा संलग्न नेपालीहरूका लागि संगीत र स्वरको झंकारमा विश्वभर चिनिने अवसर पनि हो,’ रेग्मीले भने।

ग्लोबल एनआरएन सिंगिङ आइडलमार्फत् आफ्नो प्रतिभा प्रष्फुटन गर्न ४० वर्षसम्मका युवाहरूलाई अनुरोध गर्दै संयोजक रेग्मीले नवीनतम् सांगीतिक यात्रा प्रारम्भ गर्नका लागि पनि आइडलको प्रतिष्पर्धा सहयोगी हुने विश्वास व्यक्त गरेका छन्।

‘अडिसनको मिति परिवर्तन पनि अवसर’

एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीले ग्लोबल एनआरएनए सिंगिङ आइडलको अडिसनको मिति परिवर्तनलाई अवसरका रुपमा लिन आग्रह गरेका छन्।

ग्लोबल सिंगिङ आइडलको तयारी भइरहेका बेला सबै क्षेत्रको सुझावका आधारमा अडिसनको मिति केही परिमार्जन गरिएको बताउँदै रेग्मीले प्रतियोगिताका विजेताहरूले प्राप्त गर्ने पुरस्कार रकम पनि बृद्धि गरिएको प्रष्ट पारेका छन्।

ग्लोबल एनआरएन आइडलका विजेताले प्राप्त गर्ने पुरस्कार राशि ३ गुणाभन्दा धेरै बढाएर ७ लाख रुपैयाँ तय गरिएको रेग्मीले बताए। यसअघि डिजिटल अडिसन अप्रिल १० तारिखका लागि तय भएको थियो र, प्रथम पुरस्कारको राशि २ लाख रुपैयाँ तोकिएको थियो।

त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ। ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ।

मध्यपूर्व युवा संयोजक रेग्मीका अनुसार डिजिटल अडिसन अप्रिल ३० मा हुने छ। ओपनिङ राउन्ड मे १४ र १५ तारिखमा हुने छ। ग्राण्ड फिनाले मे २१ तारिखमा सम्पन्न हुने रेग्मीले बताए।

ग्लोबल सिंगिङ आइडल–२०२१ का निर्णायकहरू

ग्लोबल सिंगिङ आइडल–२०२१ मा निर्णायकको भूमिकामा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायिका प्राश्ना शाक्य र गायक विजय लामा रहेका छन्।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय युवा समितिद्वारा आयोजना गर्न लागिएको ग्लोबल एनआरएन सिंगिङ आइडलमा सहभागी हुन इच्छुक प्रतियोगीहरूले भिडियो पठाइरहेका छन्।

‘प्रतियोगितामा विश्वभरिबाट सहभागी गराउनका लागि समयावधि बढाउनु पर्ने अनुरोध आयो, सोही सुझावलाई दृष्टिगत गर्दै समयावधिसहित कार्यक्रमको गरिमालाई थप वृद्धि गर्न मिति परिवर्तनसहित पुरस्कारको राशि बढाइएको हो,’ रेग्मीले भने।

विजेता छनोट गर्न पारदर्शितामा ध्यान दिनुपर्ने भएकाले पब्लिक भोटिङ र अनलाइन भोटिङको व्यवस्था गरिएको संयोजक रेग्मीले जानकारी दिएका छन्।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँग विशेष अन्तरवार्ता

प्रकाशित : २ बैशाख २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल