Logo

समाचार

पत्रकार केदार दाहालमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही होस्: प्रेस युनियन काठमाडौं



काठमाडौं, १ वैशाख – नेपाल प्रेस युनियन काठमाडौंले समाचार संकलनका क्रममा नयाँ पत्रिकाका पत्रकार केदार दाहालमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न माग गरेको छ।

लैनचौरस्थित भारतीय दूतावासअगाडि रिपोर्टिङमा रहेका बेला पत्रकार दाहालमाथि मंगलबार प्रहरीले दुर्व्यवहार गरेको घटनाको भर्त्सना गर्दै युनियनले दोषीमाथि कारबाहीको माग गरेको हो।

प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष जगन्नाथ दुलालले विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेका हुन्।

‘नो अब्जेक्सन लेटर लिन उपस्थित भएका भारतीय नागरिकबारे समाचार सकंलनका क्रममा पत्रकार दाहालमाथि भएको आक्रमणको नेपाल प्रेस युनियन काठमाडौं शाखा घोर भर्त्सना गर्दछ, पत्रकार दाहालमाथि समाचार संकलनका क्रममा नेपाल प्रहरीले गरेको ज्यादती एउटा पत्रकार माथिको आक्रमण मात्र नभएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो भन्ने ठहर छ,’ अध्यक्ष दुलालले विज्ञप्तिमार्फत भनेका छन्।

मिति २०७७/१२/३१

प्रेस विज्ञप्ति

नेपाल प्रेस युनियन पत्रकारको पेशागत सुरक्षा र हकहितको सवालमा अनवरत उभिँदै आएको संगठन हो । पत्रकारमाथि हुने कुनै पनि हमला र सूचना संकलनमा लगाइने अवरोध हाम्रा लागि सदा अस्वीकार्य छ। नयाँ पत्रिका दैनिकमा कार्यरत नेपाल प्रेस युनियन काठमाडौं शाखाका सदस्य पत्रकार केदार दाहालमाथि भारतीय दूतावास अगाडी भएको दुर्व्यवहारको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। ‘नो अब्जेक्सन लेटर’ लिन उपस्थित भएका भारतीय नागरिकबारे समाचार सकंलनका क्रममा पत्रकार दाहालमाथि भएको आक्रमणको नेपाल प्रेस युनियन काठमाडौं शाखा घोर भर्त्सना गर्दछ।

पत्रकार दाहालमाथि समाचार संकलनका क्रममा नेपाल प्रहरीले गरेको ज्यादती एउटा पत्रकार माथिको आक्रमण मात्र नभएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो भन्ने ठहर छ । नेपाल प्रेस युनियन काठमाडौं शाखा समाचार संकलनमा अवरोध गर्ने र पत्रकारमाथी दुव्र्यवहार गर्ने प्रहरी माथि तत्काल छानविन गरी कडा कारवाहीको माग गर्दछ । पत्रकारले सहज रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने अवस्था प्रत्याभूत गर्न नेपाल प्रेस युनियन सरकारको ध्यानाकर्षण गर्दछ । अन्यथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि जस्तोसुकै कडा अन्दोलनमा ओर्लिन तयार रहेको चेतावनी दिन चाहन्छौ ।

जगन्नाथ दुलाल
अध्यक्ष
नेपाल प्रेस युनियन काठमाडौं

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँग विशेष अन्तरवार्ता

प्रकाशित : १ बैशाख २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल