Logo

मनोरञ्जन

गीतकार दीप गिरीको ‘मन खाने माया’मा नवप्रेमीको रोमान्स (भिडियो)



जीएनएन, लण्डन, २८ चैत – बेलायत बस्दै आएका गीतकार दीप गिरीले नयाँ गीत ‘मन खाने माया’ युट्युबमार्फत् सार्वजनिक गरेका छन्। गीतमा नेपाल आइडलका तेश्रो रनरअप एवं गायक किरण भुजेल र अस्मिता अधिकारीको स्वर रहेको छ।

रेडियो नेपालको २०७७ सालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा उत्कृष्ट संगीतकारको ट्रफी पाइसकेका चर्चित संगीतकार शंकर थापा स्माइलको संगीत रहेको यस गीतको संयोजन विश्व अधिकारीले र भिडियो निर्देशन गणेश शाहले गरेकाछन्।

त्यसैगरी रोनीको कोरियोग्राफी रहेको यस भिडियोमा डिमोन क्षेत्री, रोनी, सिर्जना जिसी र स्मृति श्रेष्ठको मुख्य अभिनय रहेको छ। म्युजिक भिडियो हेर्दा नाचुँ नाचुँ लाग्ने खालको कमर्सियल गीत बनेको देखिन्छ।

हेर्नुहोस् ‘मन खाने माया’ गीत

गीतकार दीप गिरीले आफ्नो सांगीतिक यात्रा २०४९ सालबाट प्रतिबिम्व ब्याण्डमा संगीतकार राजु सिंहसँग जोडिन पुगेपछिबाट शुरु भएको बताए।

उनका गीतहरु कर्ण दास, जोन तण्डुकार, धनुषा सिंह, योजना पुरी, राज खाम्बु र साधना सरगमले स्वरबद्ध गरिसकेका छन्। हरि लम्सालको संगीतमा सुजन पराजुली र दिव्यानी शर्माको स्वरमा अर्को गीत रेकर्ड भइसकको छ।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँग विशेष अन्तरवार्ता

प्रकाशित : २९ चैत्र २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल