Logo

प्रदेश-१

आगोमा जलेर घाइते भएका बस्नेतको उपचारका लागि जुट्यो आर्थिक सहयोग



झापा, १७ चैत – आगोमा जलेर घाइते भएका झापा बेलडाँगीका लालबहादुर बस्नेतलाई विभिन्न क्षेत्रका युवाहरूले सहयोग गरेका छन्। आर्थिक अवस्था कमजोर भएका बस्नेतको उपचारका लागि सहयोग संकलन गरिएको हो।

संकलित रकम युवा सामाजिक अभियन्ता एवं पत्रकार जीवन पौडेलले झापा आएर बस्नेतलाई हस्तान्तरण गरेका हुन्। सामाजिक अभियन्ता आदित्य पौडेलको पहलमा बस्नेतको उपचारका लागि आर्थिक सहायता संकलन गरिएको हो।

अभियन्ता पौडेलले २ सय अमेरिकी डलर, छत्र भट्टराईले ५० डलर, लावेङ तामाङले ५०, ढकाल फेमिलीले ३५ अमेरिकी डलर सहयोग गरेका छन्।

त्यस्तै, शान भट्टराईले ३०, सोभित बस्नेतले ३०, केशव क्षेत्री, मौसम घले, विशाल चौहान, मनबहादुर खड्का, क्रिस पौडेल, विशाल पौडेल, टेक अधिकारीले २०–२० अमेरिकी डलर सहयोग गरेका छन्।

करिब ३ महिनाअघि फक्का पकाइरहेको ठाउँमा आगो ताप्न बसेका बस्नेत आगोमा परेका थिए। परिवारका सदस्यहरूको हेलामा परेका बस्नेतले ज्याला मजदुरी गर्दै आएका छन्।

४७ हजारभन्दा बढी रकम प्राप्त गरेपछि बस्नेतले आफ्नो उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। ‘मेरो उपचारमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद भन्न चाहन्छु’, बस्नेतले भने, ‘छिट्टै निको भएर आफै परिश्रम गर्छु।’

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँग विशेष अन्तरवार्ता

प्रकाशित : १७ चैत्र २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल