Logo

शिक्षा

फेकनले शैक्षिक परामर्श क्षेत्रका समस्याको समाधानको पहल थाल्यो, शिक्षामन्त्री सकारात्मक



काठमाडौं, ५ चैत – स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) का पदाधिकारी र सदस्यहरूले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई भेटेर शैक्षिक परामर्श क्षेत्रका समस्याका सन्दर्भमा ध्यानाकर्षण गराएका छन्। 

वि.सं. २०७५ सालअघि दर्ता भएर सेवा सञ्चालन अनुमति पाएर परामर्श शाखामा दर्ता नभएका व्यवसायीको नवीकरण रोकिएको सन्दर्भमा फेकनको टोलीले शिक्षामन्त्री श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएको हो।
 
भेटमा मन्त्री श्रेष्ठले शैक्षिक परामर्श व्यवसाय नवीकरण गर्न आफू सकारात्मक रहेको बताएका छन्। मन्त्री श्रेष्ठलाई भेटेर शैक्षिक परामर्श क्षेत्रको पछिल्लो अवस्थाका सन्दर्भमा जानकारी गराएको फेकनका अध्यक्ष बासुदेव नेपालले बताएका छन्।

अध्यक्ष नेपालका अनुसार नवीकरण खुलाउन, नयाँ संस्था दर्ता प्रक्रिया अघि बढाउन, परामर्श व्यवसायमा विदेशी लगानी (एफडीआई) बन्द गर्ने विषयमा मन्त्री श्रेष्ठलाई आग्रह गरिएको छ। 

शिक्षामन्त्री श्रेष्ठसँगको भेटपछि फेकनका महासचिव राजु निरौलाले पछिल्लो समय शैक्षिक परामर्श क्षेत्रमा देखिएका चुनौती र तिनको निराकरणका लागि कुराकानी भएको बताए।

शिक्षा मन्त्रालय समन्वय समितिमा परामर्श व्यवसायीका तर्फबाट स्वतन्त्र शैक्षिक परामर्श संघका दुई जना पदाधिकारीहरू रहेका छन्।

केपी ओलीको बहिर्गमन कहिले ? हेर्नुहोस् गगन थापाको अन्तरवार्ता

प्रकाशित : ५ चैत्र २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल