Logo

समाचार

फेकन गण्डकी प्रदेश अध्यक्षमा भट्टराई, केन्द्रीय अध्यक्ष र महासचिवले के भने ?



पोखरा, १ चैत – स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) गण्डकी प्रदेश अध्यक्षमा जागृतप्रसाद भट्टराई चयन भएका छन्। पोखरामा सम्पन्न संघको सभामार्फत् अध्यक्षमा भट्टराई चयन भएका हुन्।

प्रदेश उपाध्यक्षमा सुनिल पराजुली र सुजन बस्नेत चयन भएका छन्। महासचिवमा सञ्जय सुवेदी, सचिव विश्वप्रकाश भूषाल, कोपाध्यक्ष नन्दुकुमार पाइजा चयन भएका छन्।

प्रदेश सदस्यहरूमा विष्णुप्रसाद अधिकारी, राजु गौतम, नरेन्द्र पौडेल, सूर्यप्रसाद भण्डारी र सुरेश पौडेल चयन भएका छन्।

कार्यक्रममा फेकन केन्द्रीय अध्यक्ष बाशुदेव नेपाल, महासचिव राजु निरौलासहित शैक्षिक क्षेत्रका अगुवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा केन्द्रीय अध्यक्ष नेपालले शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील सबै व्यवसायीहरूको एकतामा जोड दिएका छन्। नेपालमा शैक्षिक परामर्शको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै नेपालले सम्भावनाहरूको खोजी गर्दै अघि बढ्नुपर्ने उल्लेख गरेका छन्।

त्यसैगरी, फेकनका केन्द्रीय महासचिव राजु निरौलाले शैक्षिक परामर्श क्षेत्रमा नवीनतम् कार्ययोजनाका साथ अघि बढ्नुपर्ने बताए। अहिलेसम्म चलेका बहसलाई दस्तावेजका रुपमा प्रस्तुत गरेर साझा कार्यक्रम निर्माण गर्नुपर्नेमा निरौलाको जोड छ।

साथै, फेकन प्रदेश समितिलाई शुभकामना दिँदै निरौलाले सबै जिल्लाका व्यवसायीलाई समेटेर अघि बढ्न आग्रह गरेका छन्।

केपी ओलीको बहिर्गमन कहिले ? हेर्नुहोस् गगन थापाको अन्तरवार्ता

प्रकाशित : १ चैत्र २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल