Logo

खेलकुद

तिलोत्तमामा फुटसल: उपाधि वडा नम्बर–४ लाई, कांग्रेस नेता खाँडद्वारा पुरस्कार वितरण



तिलोत्तमा, २२ फागुन – नेपाल तरुण दल तिलोत्तमा नगर समितिले सञ्चालन गरेको फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर–४ ले जितेको छ।

शनिबार भएको फाइनल खेलमा वडा नम्बर–४ ले वडा नम्बर–१ माथि टाइब्रेकरमा ३–२ गोलको अन्तरले जीत हासिल गरेको हो।

फागुन २० गतेदेखि सञ्चालन भएको प्रतियोगितामा तिलोत्तमा नगरका १७ वटा वडाका तरुण टिमहरूले भाग लिएको तिलोत्तमा तरुण दल अध्यक्ष खेम क्षत्रीले बताएका छन्।

प्रतियोगिताको उपाधि विजेता वडा नम्बर–४ लाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रमुख सचेतक बालकृष्ण खाँडले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरष्कृत गरेका छन्।

विधागत रुपमा समेत सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता वडा–१ का अतीत राना उत्कृष्ट पुरस्कृत भएका छन्। यसैबीच, शनिबार पत्रकार र आयोजकबीच मैत्रीपूर्ण प्रतियोगिता पनि सम्पन्न भएको छ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसँग अन्तरवार्ताः

प्रकाशित : २२ फाल्गुन २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल