Logo

राजनीति

ठाकुरराम क्याम्पसमा नेवि संघको शक्ति प्रदर्शन, संसद् विघटनविरुद्ध सशक्त आन्दोलनको उद्घोष



वीरगञ्ज, ७ फागुन – नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पर्साले शक्ति प्रदर्शनसहित दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ। नेवि संघले ७१औं प्रजातन्त्र दिवसको अवसरमा ठाकुरराम बहुमुखी क्याम्पसमा दीप प्रज्वलनको आयोजना गरेको हो।

नेवि संघ पर्साका उपसभापति जीतेन्द्र मिश्राको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस पर्साका सहसचिव किरण सरकारले वर्तमान सरकारले गरेको संसद् विघटन आपत्ति व्यक्त गरेका छन्।

लोकतन्त्रलाई समाप्त गर्ने योजना रहेको अनुसार नै केपी ओली नेतृत्वको सरकारले संसद् विघटन गरेको सहसचिव सरकारले बताए। ‘नेपाली कांग्रेसको मेरुदण्ड नेवि संघ हो, र हामीले लोकतान्त्रिक गणतन्त्र बचाउनका लागि फेरि आन्दोलन गर्नुपर्ने दिन आउन सक्छ,’ उनले भने।

जिल्ला सदस्य तथा पूर्व स्ववियू सभापति बैकुण्ठ श्रीवास्तवले वीर शहीदहरूको अमूल्य योगदानले प्रजातन्त्र आएको स्मरण गरे। ओली सरकारले लोकतन्त्रविरुद्ध मास्ने प्रयास गरेको बताउँदै श्रीवास्तवले भने, ‘लोकतन्त्रको रक्षार्थ हामी संघर्षमा जानुपरेको हो।’

कार्यक्रममा नेवि संघका जिल्ला सहसचिव इन्द्रसान यादव, राजकिशोर राज भर, पर्सागढीका अध्यक्ष मञ्जीव मिश्रा, विधार्थी नेता सुधीर प्रजापति लगायतले ओलीको असंवैधानिक कदमविरुद्ध सशक्त आन्दोलन गर्ने बताएका छन्।

विद्यार्थी नेता अर्जुन शाहले सञ्चालन गरेको कार्यक्रममा नेवि संघका जिल्ला सदस्य आदित्य साह, अमित सर्राफ, प्रशान्त कलवार, शुभम सिंह, राजु पटेल, निरज यादव, दीपक पटेल, राजु पटेल, सोनु पटेलको उपस्थिति रहेको थियो।

किन गगन थापाले केपी शर्मा ओलीलाई भारत जान सुझाव दिए?

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल