Logo

शिक्षा

फेकनकाे निर्वाचन: १५ बुँदे घाेषणापत्रसहित अध्यक्षमा तामाङ र महासचिवमा निराैलाकाे उम्मेदवारी



काठमाडौं, ६ फागुन – स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन)को नयाँ कार्यसमितिमा भुपाल तामाङ समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा तामाङ समूहले उम्मेदवारी घोषणा गरेको हो।

फेकनको अध्यक्ष पदमा वर्तमान कार्यसमितिका महासचिव भुपाल तामाङले उम्मेदवारी दिएका छन्। त्यसैगरी, ४ जना उपाध्यक्षका प्रत्यासीहरुमा रामशरण ढकाल, लवराज मैनाली (पर्वत), दीपक सिलवाल र अमितबाबु ढुङ्गाना रहेका छन्।

महासचिव पदमा राजु निरौलाले उम्मेदवारी दिएका छन्। त्यसैगरी, दुई सचिवमा छविन्द्र ओझा (छवि) र उमेश कुशवारले उम्मेदवारी घोषणा गरेका छन्। कोषाध्यक्षमा दीपेन्द्र पोखरेलले तामाङ समूहबाट उम्मेदवारी दिएका छन्।

सदस्य पदका लागि किशोर दुलाल, रेश्मा राजथला थापा, इन्द्रजीत गौतम, शेरबहादुर बस्नेत, प्रकाश पुन मगर, राजेन्द्र कुँवर र सलामसिंह योञ्जनले उम्मेदवारी घोषणा गरेका छन्।

हेर्नुहाेस् भुपाल तामाङ समूहकाे उम्मेदवारी घाेषणा (भिडियाे)

यस्ता छन् तामाङ समूहका एजेण्डा :

१. फेकनको सचिवालय

फेकनको सचिवालय व्यवसायहरुमाझ चलायमान तथा सञ्चारमैत्री बनाइनेछ। आवश्यक कर्मचारी एवं सूचना प्रणाली अवलम्बन गरिनुका साथै फेकन एप सञ्चालनमा ल्याइनेछ। फेकन सचिवालयलाई अझ बृहत् र सुविधा सम्पन्न स्थानमा स्थानान्तरण गरिनेछ।

२. व्यवसायिक क्षमता अभिवृद्धि

वार्षिक क्यालेण्डर प्रकाशित गरी सोहीअनुरुप विभिन्न व्यवसायिक वृत्ति विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ। महिला व्यवसायीहरुको सवलिकरण र वृत्ति विकासका लागि कार्यक्रमहरु सञ्चालन गरिनेछ।

– फेकनको प्रथम शैक्षिक मेला

प्रथम शैक्षिक मेला यो वर्ष आयोजना गरिनेछ र सदस्यहरुको प्रोफाइल बुकलेट प्रकाशन गरिनेछ।

३. शैक्षिक परामर्श क्षेत्रमा देखिएका वैदेशिक संस्थाको संलग्नता सम्बन्धमा

शैक्षिक परामर्श क्षेत्रमा देखिएका हरेक किसिमका वैदेशिक लगानी एफडिआई, फ्रेन्चाइज, कलेज, डाइरेक्ट मार्केटिङ, आइटीप्लेटफर्मजस्ता कार्यलाई पूर्ण नियमन र निरुत्साहित गर्नका लागि सम्बन्धित निकायमा पहल गर्ने नीति अवलम्बन गरिनेछ।

४. संस्थाको संरचना सम्बन्धमा

देशको संघीय ढाँचा एवं प्रादेशिक संरचनाअनुसार फेकनको संगठन विस्तार गरिनेछ साथै सदस्यता संख्यामा दोब्बर वृद्धि गरिने नीति अवलम्बन गरिनेछ।

५. भाषा शिक्षण तथा शैक्षिक परामर्श निर्देशिका सम्बन्धमा

– शैक्षिक परामर्श तथा भाषा शिक्षण निर्देशिकालाई व्यवसायमैत्री बनाउने सम्बन्धमा शिक्षा मन्त्रालयसँग समन्वय गरिनेछ।
– भाषा शिक्षण तथा शैक्षिक परामर्श क्षेत्रलाई एउटै निकायबाट नियमन हुने विशेष व्यवस्था गर्न पहल गरिनेछ।
– शिक्षा मन्त्रालयमार्फत प्रदान गरिने सेवाहरुलाई व्यवसायमैत्री बनाउनको लागि पहल गरिनेछ।

६. रचनात्मक तथा सहकार्यत्मक कार्यहरु

फेकनका सम्पूर्ण सदस्यहरुबीच सुमधुर आपसी सम्बन्ध विस्तार गर्न विभिन्न मनोरञ्जनात्मक तथा रचनात्मक क्रियाकलापहरु गरिनेछ। जस्तै, पिकनिक, फुटसल तथा खेलकुद, फेकन डे एवं चाडपर्वका शुभकामना आदानप्रदान कार्यक्रमहरु आयोजना गरिनेछ।

७. कोष वृद्धि

फेकनको कोषलाई वृद्धि गरी आगामी २ वर्षभित्र एक करोड पुर्‍याइने लक्ष्य लिइएको छ। (सदस्यता शुल्क, नवीकरण शुःक, विभिन्न संघसंस्थाको सहयोग एवं प्रायोजन आदि)

८. व्यवसायिक सहजता

फेकनमा आबद्ध सम्पूर्ण सदस्यहरुको व्यवसायिक सहजताका लागि मिडिया, बैंकिङ, इन्सुरेन्स, आइटी, ट्राभल्स, कुरियर, एयरलाइन्स ट्रेनिङ, पार्टनरहरुसँग समन्वय गरी फेकन अफिसियल पार्टनर बनाइनेछ।

९. फेकन सहकारी अवधारणा

सदस्यहरुको आर्थिक क्रियाकलाप गर्नका लागि फेकनको सहकारी अवधारणालाई मुर्तरुप दिइनेछ।

१०. विद्यार्थी हकहित सम्बन्धमा

– विद्यार्थी कल्याणकारी कोष निर्माण गर्न शिक्षा मन्त्रालयसँग समन्वय गरिनेछ।
– विद्यार्थीको भिषा अस्वीकृत भएको खण्डमा शिक्षण शुल्क बापत राज्यले लिएको २ प्रतिशत राजश्व विद्यार्थीलाई नै फिर्ता दिने व्यवस्थाको सम्बन्धमा शिक्षा मन्त्रालयसँग समन्वय गरिनेछ।
– विद्यार्थीले पठाउने शिक्षण शुल्कको सम्बन्धमा इन्सुरेन्स कम्पनी एवं सरकारी निकायसँग समन्वय गरी इन्सुरेन्स गराउने व्यवस्थाको पहल गरिनेछ।

११. जापानिज भाषा तयारी कक्षा सम्बन्धमा

जापानिज भाषा परीक्षा एवं अन्य भाषा परीक्षाहरुको दायरालाई प्रादेशिक रुपमा फराकिलो पारी सञ्चालन गर्न ठोस पहल गरिनेछ।

१२. संस्थागत एकता सम्बन्धमा

फेकनका सम्पूर्ण सदस्यहरुलाई एक ढिक्का बनाइ विश्वासमा लिएर अगाडि बढिनेछ। पारदर्शी, स्वच्छ एवं स्वार्थरहित भावनाले कार्यहरु गरी हरेक सदस्यहरुको भावनाको उचित कदर गरिनेछ। यसका लागि एक छुट्टै हेल्थ डेक्स स्थापना गरिनेछ।

१३. सामाजिक कल्याणकारी कोष तथा सामाजिक उत्तरदायित्व बहन

फेकनको एउटा छुट्टै सामाजिक कल्याणकारी कोष निर्माण गरिनेछ र सामाजिक एवं प्राकृतिक विपत्तिमा परेका जनता तथा फेकनका सदस्यहरुलाई सहयोग गरिनेछ।

१४. सरोकारवालाहरुसँग समन्वय

सरकारी एवं सरोकारवाला निकायहरुसँग सुमधुर सम्बन्ध विस्तार गरिनेछ।

१५ अन्तर्राष्ट्रिय सम्बन्ध

विभिन्न गन्तव्य देशहरुका कुटनीतिक नियोग, अवैतनिक दुत, वाणिज्य दुतावास एवं गैरआवसीय संघ आदिसँग फेकनको अन्तर्राष्ट्रिय सम्बन्ध थप मजबुत बनाइनेछ।

दीपाश्री निरौलालाई हटाएर करिश्मा मानन्धरलाई किन भित्र्याए जीतु नेपालले ?

प्रकाशित : ६ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल