Logo

खेलकुद

युरोपियन गोल्डेन बुट : रोनाल्डो, मेसी र लेवान्डोस्कीसँगै यी खेलाडीबीच कडा प्रतिस्पर्धा



एजेन्सी – युरोपियन गोल्डेन बुट युरोपका टप लिगहरुमा उत्कृष्ट प्रदर्शन गर्ने स्ट्राइकरलाई प्रदान गरिन्छ। सिजन २०२०–२१ को गोल्डेन बुटका लागि फुटबलरहरुबीच प्रतिस्पर्धा शुरु भइसकेको छ। यहाँ हामी युरोपयिन गोल्डेन बुटको दौडमा रहेका खेलाडीहरुबारे चर्चा गर्नेछौं।

१. रोबर्ट लेवान्डोस्की

बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की वर्तमान फुटबल जगतका उत्कृष्ट गोलकर्ता हुन्। उनी यस सिजनको युरोपयिन गोल्डेन बुटका मुख्य दाबेदार हुन्। लेवान्डोस्कीले यस सिजन युरोपियन लिगमा २४ गोल गरिसकेका छन्।

२. आन्द्रे सिल्भा

आन्द्रे सिल्भा इन्ट्र्याच फ्र्याङ्कफर्टबाट बुन्डेसलिगा खेलिरहेका छन्। क्लबका मुख्य गोलकर्ता सिल्भा पनि यस सिजनको गोल्डेन बुट दाबेदारमध्येका एक हुन्। उनले लिगमा १७ गोल गरिसकेका छन्।

३. क्रिस्टियानो रोनाल्डो

सर्वकालिन महान् फुटबलरमध्येका एक क्रिस्टियानो रोनाल्डो युभेन्टसबाट सिरी ए खेलिरहेका छन्। ३६ वर्षीय रोनाल्डो हाल पनि उच्च् लयमा रहेका छन्। उनी सिरी ए का हालसम्मका सर्वाधिक गोलकर्ता हुन्। उनले लिगमा १६ गोल गरिसकेका छन्।

४. मोहमेद सलाह

इंग्लिस क्लब लिभरपुलका स्ट्राइकर मोहमेद सलाह उत्कृष्ट गोलकर्तामध्येका एक हुन्। उनले यस सिजन इंग्लिस प्रिमियर लिगमा १५ गोल गरिसकेका छन्। उनी पनि युरोपियन गोल्डेन बुट जित्नै दौडमा छन्।

५. केलियन एमबाप्पे

युवा फरवार्ड केलिएन एमबाप्पे पनि युरोपियन गोल्डेन बुट जित्नका लागि संघर्ष गरिरहेका छन्। फ्रेन्च लिग वान क्लब पीएसजीका स्टार एमबाप्पेले जारी सिजन १५ गोल गरिसकेका छन्।

६. इर्लिङ हाल्याण्ड

बोरुसिया डर्टमण्डका स्टार इर्लिङ हाल्याण्डमा यस सिजन बुन्डेस लिगामा १४ गोल गरिसकेका छन्। उत्कृष्ट प्रदर्शन गरिरहेका हाल्याण्ड पनि गोल्डेन बुट दौडमा छन्।

७. लुइस सुआरेज

एथ्लेटिको मड्रिडका मुख्य स्ट्राइकर लुइस सुआरेज यस सिजन उत्कृष्ट लयमा छन्। उनले ला लिगामा १४ गोल गरिसकेका छन्।

८. वोउट वेघोरस्ट

वुल्फवर्गका फरवार्ड वोउट वेघोरस्ट बुन्डेसलिगाका उत्कृष्ट गोलकर्तामध्येका एक हुन्। उनले लिगमा यस सिजन १४ गोल गरिसकेका छन्। उनी हाल करियरकै उच्च लयमा रहेको बताइन्छ।

९. रोमेलु लुकाकु

इन्टर मिलानबाट खेलिरहेका रोमेलु लुकाकु सिरी ए का सर्वाधिक गोलकर्ताको दौडमा पनि छन्। उनले लिगमा रोनाल्डोलाई पछ्याइरहेका छन्। लुकाकुले सिरी ए मा १४ गोल गरिसकेका छन्।

१०. जाल्टन इब्राहिमोभिक

सिरी ए मा इन्टर मिलानलाई शीर्षस्थानमा राख्न जाल्टनले उल्लेख्य योगदान दिइरहेका छन्। बढ्दो उमेरमा पनि उनको प्रदर्शन खस्किएको छैन। सिरी ए मा जाल्टनले १४ गोल गरिसकेका छन्।

११. युसेफ इन नेसिरी

ला लिगा क्लब सेभिल्लाका युसेफ इन सिरी पनि युरोपियन गोल्डेन बुटको दौडमा छन्। उनले लिगमा १३ गोल गरिसकेका छन्।

त्यस्तै, इभर्टनका डोनिमिक कालभर्ट लेविन, होफेन्हिमका आन्दैज क्रामारिक, म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेज, लियोनका मेम्फिस डिपे, लाजियोका सिरो इमोबाइल, टोटनह्याका स्टारद्वय ह्यारी केन र हेउङ् मिन सन आफूले खेल्ने लिगमा समान १३–१३ गोल गर्दै गोल्डेन बुटका लागि संघर्ष गरिरहेका छन्।

त्यसैगरी एटलान्टाका लुइस म्युरियल र बार्सिलोनाका कप्तान लियोनल मेसी समान लिगमा १२–१२ गोलका साथ गोल्डेन बुटको प्रतिस्पर्धामा छन्।

मेसीले सर्वाधिक धेरै ६ पटक युरोपियन गोल्डेन बुट पाएका छन्। गत सिजन लाजियोका सिरो इमोबाइलले गोल्डेन बुट जितेका थिए। लिगमा अझै खेलहरु बाँकि रहेका कारण खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शन गर्दै गोल्डेन बुटमा बलियो दाबेदारी प्रस्तुत गर्ने अवसर छ।

प्रकाशित : २८ माघ २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल