Logo

खेलकुद

ला लिगा: यी दुई अवस्थामा एथ्लेटिको मड्रिडलाई उपाधि जित्न मुश्किल, बार्सिलोना र रियललाई अवसर



एजेन्सी, २२ माघ – स्पेनिस ला लिगा २०२०–२१ को उपाधि यात्रा रोमाञ्चक नबन्ने देखिएको छ। उपाधि दौडमा रहेका टिमहरुलाई एक खेलअघि नै एथ्लेटिको मड्रिडले स्पष्ट १० अंकले पछि पारिसकेको छ। हालसम्मको प्रदर्शनलाई आधार मान्ने हो भने एथ्लेटिको मड्रिड उपाधि दौडमा एक्लो देखिएको छ।

तर, लिगमा अझै १८–१९ खेलहरु बाँकि छन्। यस्तो अवस्थामा उपाधि यही नै टिमले जित्छ भनेर ठकुवा गर्नु हतारो हुन्छ। ला लिगाको जारी सिजन एथ्लेटिको मड्रिड उपाधिको मुख्य दाबेदार हो। तर, दुई अवस्थामा भने एथ्लेटिकोको उपाधि यात्रा कमजोर बन्न सक्छ। पहिलो हो, एथ्लेटिकोले लय गुमाउनु। उच्च लयमा रहेको एथ्लेटिकोले लगातार खस्किँदो प्रदर्शन गरेमा उपाधि यात्रा प्रतिस्पर्धात्मक बन्छ। दबाबमा खेल्दै गर्दा खेलको नजिता उल्टिन सक्ने सम्भावना रहन्छ।

दोस्रो हो, बार्सिलोना वा रियल मड्रिडले अविश्वसनीय प्रदर्शन गर्नु। लिगमा हाल बार्सिलोना र रियल एथ्लेटिकोभन्दा १० अंकले पछि छन्। यी दुई टोलीले बाँकि खेलहरुमा शतप्रतिशत नजिता निकाल्दै गएमा एथ्लेटिको मड्रिडलाई दबाब सिर्जना हुन्छ। बार्सिलोना र रियल उत्कृष्ट लयमा फर्किएमा र एथ्लेटिकोले केहि धर्मराएको प्रदर्शन गरेमा उपाधि दौड कठिन, रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्नेछ।

लिगमा १९ खेल खेलिसक्दा एथ्लेटिको एक खेलमा मात्र पराजित भएको छ। २ खेलमा बराबरी गरेको उसले १६ खेलमा जीत निकाल्दै ५० अंक जाेडेकाे छ। त्यस्तै, बार्सिलोना र रियल समान २० खेलमा समान १२ जीत, समान ४ हार र समान ४ बराबरीसँगै समान ४० अंक जोडेर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

रियलले पछिल्लो खेलहरुमा लय गुमाएका कारण एथ्लेटिको मड्रिड उपाधि दौडमा एक्लिएको हो। स्मरण रहोस्, फुटबल इतिहासमा लगातार उत्कृष्ट प्रदर्शनपछि लगातार कमजोर प्रदर्शन भएका घटनाहरु पनि छन्। त्यसैले उपाधि यात्रामा केहि खेलहरुपछि फेरबदल नआउला भन्न सकिन्न।

नेपाली वैज्ञानिक महावीर पुनको विश्वलाई चकित बनाउने आविष्कार (अन्तरवार्ता)

प्रकाशित : २२ माघ २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल