Logo

आर्थिक

वायुसेवा निगम र राष्ट्रिय वाणिज्य बैंकबीच कर्मचारी सरल कर्जासम्बन्धी सम्झौता



काठमाडौं, १५ माघ – नेपाल वायुसेवा निगम र राष्ट्रिय वाणिज्य बैंकबीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। निर्धारित सेवा अवधि पूरा गरेका निगमका कर्मचारीहरूले सरल कर्जा प्राप्त गर्नसक्ने गरी सम्झौता भएको हो।

निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

तलबी बचत खाता सञ्चालनमा रहेका र निगममा ५ वर्ष सेवा अवधि पूरा गरेका स्थायी कर्मचारीले निगमको सिफारिसमा बिना धितो सरल कर्जा उपभोग गर्न पाउने छन्। सेवा अवधि वर्षभन्दा कम भएका कर्मचारीलाई कर्जा प्रवाहसम्बन्धी विधि बैंकले तोकेबमोजिम हुने सम्झौता पत्रमा उल्लेख गरिएको छ।

नेपाल वायुसेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार सिफारिसमा सरल कर्जा १५ लाख रुपैयाँसम्म हुने छ। उनले कर्जाको ब्याजदर हाललाई आधार दर ५ दशमलव ७४ प्रतिशतमा २ प्रतिशत प्रिमियम थप गरी ७ दशमलव ७४ प्रतिशत रहने बताएकी छिन्।

सरल कर्जा सुविधा उपभोग गर्ने कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा गरेमा वा कुनै कारण सेवा बहाल रहन अयोग्य भइ सेवाबाट हटेमा बैंकलाई बुझाउन बाँकी रकम निगमका तर्फबाट ती कर्मचारीले पाउने जुनसुकै रकमबाट कट्टा गरी बैंकलाई उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ।

‘ऐना’को दोश्रो एपिसोड चुडिएको कोपिला–२ (भिडियो)

प्रकाशित : १५ माघ २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल