Logo

समाचार

ट्याक्सी ड्राइभर कृष्ण र दीपाकी एक्ली छोरी एलिशा ब्लड क्यान्सरसँग लड्दै



काठमाडौं, ९ माघ – कान्ति बाल अस्पताल बाहिर आफ्नी छोरीको सुस्वास्थ्यको कामना गर्दै बसिरहेका छन् एक दम्पत्ती। रक्तक्यान्सरबाट पीडित छोरी अस्पतालको आइसियूमा उपचाररत छिन्।

पछिल्लो ९ दिनदेखि एक्ली छोरीको उपचारमा जुटेका यी श्रीमान् श्रीमतीको भोकप्यास सबै हराएको छ। केबल उनीहरूको कामना, प्राथना आफ्नी छोरीको स्वास्थ्यमा चाँडै सुधार होस् भन्ने छ।

रामेछापको दोरम्बाकी १४ एलिशा थापा मगरका मातापिता निकै ठूलो तनावमा छन्। कृष्णबहादुर थापा मगर र दीपा थापा मगरकी एउटै छोरी हुन् एलिशा। उनलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ।

ट्याक्सी चलाउने कृष्णबहादुरमाथि परेको विपत्ति

कृष्णबहादुर र दीपाकी एक्ली छोरी एलिशा परिवारको सम्पूर्ण खुशी हुन्। छोरीका लागि आमाबुवा पनि संघर्ष गरिरहेका छन्। कृष्णबहादुर ट्याक्सी चलाएरै भए पनि श्रीमती र छोरीलाई खुशी राख्ने प्रयासमा हुन्छन्।

तर, एकाएक उनीहरूमाथि नसोचेको तनाव आइपरेको छ अहिले। सामान्य आर्थिक हैसियतका कृष्णबहादुर र दीपाले छोरीको उपचारमा आफूसँग भएको सम्पूर्ण रकम खर्च गरिसकेका छन्।

दिउँसो प्रहरी कार्यालयमा कार्यालय सहयोगीको काम गर्ने कृष्णबहादुर रातको समयमा भाडाको ट्याक्सी चलाउँछन्। एलिशाको अवस्था दिन्दिनै जटिल बन्दै गएको छ।

कान्ति बाल अस्पताल बाहिर श्रीमान् श्रीमती निकै तनावपूर्ण अवस्थामा भेटिन्छन्। ‘तनाव हुन्छ, चिन्ता हुन्छ नि, एक मात्रै सन्तान, पढाएर ठूलो मान्छे बनाउने कत्रो सोच छ, छोरीलाई रोगले सतायो, उनी अहिले अस्पतालको बेडमा पुगिन्,’ यति भनिसकेपछि कृष्णबहादुरले लामो स्वास फेरे।

२०६२ साल साउन २१ गते जन्मिएकी एलिशालाई असोजमा क्यान्सरको लक्षण देखा परेको हो। दशैंको समयमा एलिशालाई सामान्य गलफुलो देखा परेको थियो।

त्यसपछि ज्वरो आउने, टाउको दुख्ने हुँदै गयो। एलिशाको शरीर कमजोर र छाला सेतो हुँदै गयो। र, उनी दुब्लाउँदै गइन्। कृष्णबहादुरले एलिशालाई उपचारका लागि कान्ति बाल अस्पताल लगे।

अस्पताल लगेपछि डाक्टरहरूले रगतमा इन्फेक्सन भएको हुन सक्ने आशंका गरेर रगत जाँच गर्न लगाए। एलिशाको रिर्पोट लिन कृष्णबहादुर एक हप्तापछि अस्पताल गए।

एलिशाको घाँटीको घाउँ निको भएन। झन पाक्दै गएको थियो। त्यसैले एलिशाको रगत परीक्षणका लागि भारत पठाउन डाक्टरले सुझाव दिए।

२८ हजार ८ सय रुपैयाँ खर्च गरेर भारतमा रगतको स्याम्पल पठाइयो। एलिशाको रगतको रिपोर्ट ११ दिनमा आयो। र, पछि एलिशालाई ब्लड क्यान्सर भएको थाहा भयो।

एलिशालाई ए लेबलको ब्लड क्यासर भएको रहेछ। यो खबरले उनका अभिभावकलाई असह्य पीडा दियो। एलिशाको उमेर कम भएकाले समयमै उपचार पाएमा निको हुने डाक्टरको भनाईले उनीहरूलाई केही सान्त्वना मिल्यो।

यसअघि पनि कान्ति बाल अस्पतालबाट केही बालबालिकाहरू क्यान्सर निको भएर घर फर्किएको केश पनि रहेको डाक्टरले बताएका कृष्णबहादुरले जानकारी दिए।

एलिशाको उपचार खर्च १० लाख रुपैयाँ पुग्ने कृष्णबहादुरले बताएका छन्। अहिलेसम्म ३ लाख ५० रुपैयाँ खर्च भइसकेको छ। जसमा सरकारका तर्फबाट प्राप्त १ लाख रुपैयाँ बराबरको औषधि पनि सामेल छ।

‘मामासँग एक लाख रुपैयाँ ऋण लिएर छोरीको उपचारमा खर्च गरेको छु, अरु पैसा जुटाउने कोसिसमा छु,’ कृष्णबहादुरले भने।

एलिशालाई कृष्णबहादुरले भक्तपुरस्थित साँगा बोर्डिङ स्कुलमा होस्टल राखेर पढाउँदै आएका छन्। उनी कक्षा ९ मा अध्ययन गर्छिन्। कृष्णबहादुर र दीपा वसन्तपुरमा भाडामा बस्छन्।

कृष्णबहादुर न्यूरोड, विशालबजारस्थित प्रहरी कार्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्छन्। उनले त्यहाँबाट एक लाख २० हजार रुपैयाँ सहयोग प्राप्त गरेका छन्।

प्रहरी कार्यालयमा कार्यरत कृष्णबहादुरलाई काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयहरूबाट पनि आर्थिक सहयोग उठाएर दिने बताइएको छ।

एलिशाको एक पटक किमो गरिएको छ। अढाई महिनामा उनलाई सेतो रगत ७ पाउण्ड र रातो रगत ९ पाउण्ड चढाइसकिएको छ।

कान्ति बाल अस्पतालको आइसियूको बेड नम्बार ३०५ मा एशिला उपचाररत छिन्। उनको उपचारका लागि राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १०९०१००००००४२१०४ मा पैसा जम्मा गरेर सहयोग गर्न सकिन्छ। कृष्णबहादुर थापा मगरको फोन नम्बर ९८४३११८००१ हो।

‘ऐना’बारे प्रस्ताेता विश्वप्रकाश शर्मासँग गरिएकाे अन्तरवार्ता (भिडियाे)

प्रकाशित : ९ माघ २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल