Logo

समाचार

क्रियाशील दलित पत्रकार संघ अध्यक्षमा पवित्रा सुनार, महासचिवमा विश्वास खड्काथोकी



काठमाडौं, २९ पुस – क्रियाशील दलित पत्रकार संघ, नेपाल (एड्जोन)को अध्यक्षमा पवित्रा सुनार चयन भएकी छिन्। संघको पहिलो साधारणसभा तथा अधिवेशनले सुनारको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नागरिक दैनिकमा कार्यरत पत्रकार सुनार दोश्रो कार्यकालका लागि संघको अध्यक्ष भएकी हुन्। संघका उपाध्यक्षमा केशव भुल (नेपाल प्रेस) र केशर विश्वकर्मा (दर्पण दैनिक) चयन भएका निर्वाचन समितिका संयोजक बाबुराम विश्वकर्माले जानकारी दिएका हुन्।

महासचिवमा विश्वास खड्काथोकी (अनलाइनखबर) निर्वाचित भएका छन्। अन्य पदमा सर्वसम्मत भए पनि महासचिवमा खड्काथोकी र विष्णु विश्वकर्माका बीचमा चुनाव भएको थियो।

यस्तै, सचिवमा रमेश टमट्टा (रेडियो नेपाल), सन्देश परियार, प्रदेश सचिवतर्फ धर्मसिंह विक र कोषाध्यक्षमा सिर्जना बराल (हिमालय टिभी) चयन भएका छन्।

संघका सदस्यहरूमा प्रकाश धौलाकोटी (नयाँ पत्रिका), मिलन विश्वकर्मा (अभियान दैनिक), मञ्जु टेलर (नयाँ पत्रिका), मदन विक, विष्णु परियार (नेपाल समाचारपत्र), सरिशा आछामी (काठमाडौं प्रेस), विक्रम सुनार (अर्थतन्त्र डटकम), रुपा सुनार (इमेज टिभी), मदन विश्वकर्मा र जसिन्द्र श्रीपाली चयन भएका छन्।

संस्थाले साधारणसभाका अवसरमा अग्रज पत्रकारहरु कसमस विश्वकर्मा, प्रकाशचन्द्र परियार, बाबुराम विश्वकर्मा र गोविन्द परियारलाई सम्मान गरेको छ।

प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले खदा र कदर पत्र ओढाएर सम्मान गरेका थिए। कार्यक्रममा कोरोनाकालमा दलित समुदायमा परेको प्रभावका विषयमा समता फाउण्डेशनले अध्ययन गरी तयार गरेको पुस्तक विमोचन गरिएको छ।

सञ्चारमन्त्री गुरुङले पुस्तक विमोचन गरे। गुरुङले दलित पत्रकारहरूको क्षमता वृद्धि विकास र व्यवसायिकताका लागि सहयोग पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष भक्त विश्वकर्मा, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, समता फाउण्डेशनका अध्यक्ष प्रदीप परियार, आर्थिक पत्रकार समाजका सचिव कृष्ण रिजाल, अग्रज पत्रकार प्रकाशचन्द्र परियार र बाबुराम विश्वकर्मा लगायतले मन्तव्य राखेका थिए।

रमेश खरेलकाे विशेष अन्तरवार्ता: प्रहरीदेखि राजनीतिसम्म

प्रकाशित : २९ पुस २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल