Logo

प्रदेश-१

प्रेस युनियन धरान नगर संयोजकमा युवा पत्रकार मात्रिकाप्रसाद नेपाल



धरान, २१ पुस – नेपाल प्रेस युनियन धरान नगरको संयोजकमा युवा पत्रकार मात्रिकाप्रसाद नेपाल चयन भएका छन्।

धरानमा सम्पन्न प्रेस युनियनको भेलाले संगठनका सचिव समेत रहेका नेपाललाई सर्वसम्मत रुपमा संयोजकको जिम्मेवारी सुम्पिएको हो।

यसैगरी, समितिको उपसंयोजकमा पारस राई र सचिवमा शान्ता निरौला दाहाल चयन भएका छन्। सहसचिवमा संगीता राई र कोषाध्यक्षमा वसन्त राई चयन भएका छन्।

यस्तै, सदस्यहरूमा रोहित कुलुङ, सुविक्षा राई र सञ्जिता धमला चयन भएका छन्। भेलाले निर्वतमान अध्यक्ष सुक्रान्त राईलाई जिल्ला सदस्यमा मनोनयनका लागि सिफारिस गरेको छ।

भेलाले ३ सदस्य रहेको सल्लाहकार समिति समेत चयन गरेको छ। निर्वतमान अध्यक्ष सुक्रान्त राई, लक्ष्मण थापा र विनय प्रधानलाई सल्लाहकारमा चयन गरेको हो।

वरिष्ठ पत्रकार हर्ष सुब्बा, प्रेस युनियन सुनसरीका पूर्वअध्यक्ष कृष्ण अधिकारी, गणेश निरौला, अध्यक्ष पवन अधिकारी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

अन्तरवार्ता: धरानको गुल्जार फर्काउने तिलक राई

प्रकाशित : २१ पुस २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल