Logo

खेलकुद

युभेन्टसका किन लागि बोझ बन्दैछन् रोनाल्डो? मेसीको भविष्य कसरी भयाे अन्याैलग्रस्त?



एजेन्सी – वर्तमान फुटबल जगतका उत्कृष्ट खेलाडी हुन् क्रिस्टियानो रोनाल्डो। इटालियन क्लब युभेन्टसबाट फुटबल खेल्दै आएका ३५ वर्षीय पोर्चुगिज स्टार रोनाल्डो अहिले पनि उत्कृष्ट लयमा छन्।

फुटबल इतिहासमा कीर्तिमानका चाङ खडा गरेका रोनाल्डो कुनै क्लबका लागि बोझ बन्न सक्लान् र? यो विवादित प्रश्न बन्न सक्छ। क्रिस्टियानो रोनाल्डो बोझ! सुन्दा पनि अपत्यारिलो छ। फुटबलप्रेमीहरु अझ विशेषगरी रोनाल्डो फ्यानका लागि यो असह्य प्रश्न हो।

कुनै पनि क्लबले खेलाडी किन्नुको तात्पर्य उसले खेल मैदानमा गर्ने प्रदर्शन नै हो। पछिल्लो समय रोनाल्डोलाई लिएर युभेन्टस सशंकित बनिरहेको छ। आगामि जनवरीमा रोनाल्डो ३६ वर्षमा प्रवेश गर्दैछन्। उमेरसँगै उनको खेल प्रदर्शनमा कमी आउने कुरामा युभेन्टस सचेत छ।

युभेन्टस र रोनाल्डोबीचको सम्झौता २०२२ को जुनमा सकिँदैछ। रोनाल्डोको पारिश्रमिकलाई लिएर युभेन्टस चिन्तित बनेको समाचारहरु बाहिरिएका छन्। रोनाल्डोलाई युभेन्टसले हाल वार्षिक रुपमा ३१ मिलियन युरो पारिश्रमिक दिँदै आएको छ। सम्झौता नवीकरणका लागि युभेन्टसले रोनाल्डोलाई पारिश्रमिक घटाउन अनुरोध गर्ने अनुमान गरिएको छ।

उच्च लयमा रहेका रोनाल्डो वर्तमान अवस्थामा तलब घटाउन राजी नहुन सक्छन्। रोनाल्डोलाई भित्र्याउन अहिले पनि धेरै क्लबहरु लालयित छन्। तर, ठूलो रकम खर्चनुपर्ने अवस्थामा धेरै क्लबहरु ‘ब्याक’ हुन सक्छन्।

त्यसकारण रोनाल्डोसँग थोरै विकल्प हुन सक्छ। यस्तोमा रोनाल्डोलाई लिन उनको पूर्व क्लब रियल मड्रिड अघि बढ्न सक्छ। रियलमा रोनाल्डोले खेलाडीको रुपमा छुट्टै पहिचान बनाइसकेका छन्। रियल मड्रिडले रोनाल्डोको क्षमतालाई राम्रोसँग बुझेको छ।

त्यस्तै, पेरिस सेन्ट जर्मन (पीएसजी)ले यसअघि नै रोनाल्डो भित्र्याउने इच्छा देखाइसकेको छ। युवा खेलाडीहरुको राम्रो जमातमा अनुभवि खेलाडीलाई मिश्रित गराई पीएसजी ऐतिहासिक सफलताहरु हात पार्ने लक्ष्यमा अघि बढ्न सक्छ।

पछिल्ला दिनहरुमा बिर्सनलायक अवस्थाबाट गुज्रिरहेको म्यानचेस्टर युनाइटेडले रोनाल्डोमा चासो देखाउने उत्तिकै सम्भावना छ। रोनाल्डो युनाइटेडका पूर्व खेलाडी पनि हुन्।

वर्तमान विश्व फुटबलमा रोनाल्डोसँगै लियोनल मेसीको भविष्यबारे पनि चर्चा भइरहेको हुन्छ। बार्सिलोनाबाट फुटबल खेलिरहका अर्जेन्टाइन स्टार मेसी बार्सिलोना छाड्ने मनस्थितिमा छन्। फुटबलमा ऐतिहासिक पलहरु बनाएका मेसीको प्रदर्शनमा हाल केहि कमी आए पनि मैदानमा उनी अरु खेलाडीभन्दा अब्बल नै देखिन्छन्।

तर, हाल उनको आगामि फुटबल यात्रा अन्यौलमा पर्ने देखिन्छ। पछिल्ला घटनाक्रमबाट बार्सिलोना तथा ला लिगाले मेसीलाई बिदाईको संकेत गरेको स्पष्ट हुन्छ। मेसीलाई भित्र्याउन म्यानचेस्टर सिटी, पीएसजी लगायतका क्लबहरु इच्छुक देखिए पनि मोटो पारिश्रमिक दिन तयार नहुने बताइएको छ। यसबाट मेसीको व्यवसमयिक फुटबल यात्रा र फुटबल भविष्य अन्यौलमा परेको हो।

बढ्दो उमेरसँगै घट्दो प्रदशर्नले सर्वकालिन महान् खेलाडीहरुको फुटबल भविष्य ओझेलमा पर्न गएको फुटबल विश्लेषकहरु बताउँछन्। त्यससँगै नयाँ खेलाडीहरुको आगमन र शानदार प्रदर्शनका कारण पुराना खेलाडीहरु छायामा पर्न थालेका हुन्।

मेसी र रोनाल्डो २१ औं शताब्दीमा सर्वाधिक चर्चा भएका खेलाडी हुन्। चिरपरिचित प्रतिद्वन्द्वीको रुपमा चिनिएका मेसी र रोनाल्डो केही समयपछि फुटबल मैदानमा नफर्किने गरी बिदा हुने अनुमान गर्न सकिन्छ।

फुटबल मैदानमा घट्दो प्रभावकारिताले उनीहरुलाई मैदानबाट सन्यास लिन उत्प्रेरित गर्छ। तर, सन्यास लिनुअघिसम्म उनीहरुको फुटबल यात्रा कोसँग अगाडि बड्छ, त्यो भविष्यमा नै थाहा होला।

रमेश खरेलकाे विशेष अन्तरवार्ता: प्रहरीदेखि राजनीतिसम्म

प्रकाशित : २० पुस २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल