Logo

आर्थिक

उद्यमशील महिला संघको ‘अनुदानमा ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा’सम्बन्धी अन्तरक्रिया



बिर्तामोड, १२ पुस – नेपाल उद्यमशील महिला संघ झापाको आयोजना र एक्सेल डेभलपमेन्ट बैंकको सहयोगमा ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जासम्बन्धी अन्तरक्रिया कार्यक्रम झापाको बिर्तामोडमा सम्पन्न भएको छ।

नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमलीको अध्यक्षता तथा एक्सेल डेभलपमेन्ट बैंकका सिइओ दिनेशकुमार पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

नेपाल उद्यमशील महिला संघ झापाकी उपाध्यक्ष ऐश्वर्य पाण्डेले स्वागत गरेको कार्यक्रममा बिर्तामोड नगरपालिका–६ का वडा सदस्यद्वय पवित्रा ढुंगाना र शोभा विक, लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष उर्मिला बिमली खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा एक्सेल डेभलपमेन्ट बैंकका ऋण अधिकृत शिवकुमार गिरीले कार्यक्रममा सहभागी ४० जना महिला उद्यमीहरूलाई ब्याज अनुदानको सहुलियतपूर्ण कर्जासम्बन्धी जानकारी गराएका थिए।

गिरीले सरकारले महिला उद्यमशील क्षमताको विकास गर्नका निम्ति पन्ध्र लाख रुपैयाँसम्म ऋणमा ब्याज अनुदान दिने सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ मा व्यवस्था भए बमोजिम एक्सेल डेभलपमेन्ट बैंकले महिला उद्यमीहरूका लागि महिला उद्यमशील कर्जा दिँदै आएको जानकारी दिएका छन्।

गिरीले ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा लिन चाहिने आवश्यक कागजात, ऋण तिर्ने समयावधि लगायतका बारेमा सहभागीलाई जानकारी गराएका छन्। कार्यक्रमको सञ्चालन नेपाल उद्यमशील महिला संघ झापाकी सचिव यशोदा भट्टराईले गरेकी थिइन्।

रमेश खरेलकाे विशेष अन्तरवार्ता: प्रहरीदेखि राजनीतिसम्म

प्रकाशित : १२ पुस २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल