Logo

प्रदेश-१

कांग्रेसको पक्षमा उलिँदो लहर: उर्लाबारीमा १५३ जना युवा तरुण दलमा, मेयर फागोले गरे स्वागत



उर्लाबारी, ११ पुस – मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरू नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन्। तरुण दलका नगर सचिव राजन राजमाझीका अनुसार नेपाल तरुण दल उर्लाबारी वडा नम्बर–७ ले आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा १ सय ५३ जना युवा पार्टी प्रवेश गरेका हुन्।

पार्टीमा प्रवेश गर्ने युवाहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल कांग्रेस मोरङ–१ का सभापति तथा उर्लाबारी नगर प्रमुख खड्ग फागो, महासमिति सदस्य ललित अधिकारी, नेपाल महिला संघ केन्द्रीय सदस्य शोभा चेम्जोङ, सीता कार्की, नेपाली कांग्रेस नगर सभापति वीरबल थापा, तरुण दल उर्लाबारी सभापति रोहित कार्की लगायतले स्वागत गरेका छन्।

कांग्रेसमा प्रवेश गर्ने युवाहरूलाई महेन्द्र बहुमुखी क्याम्पस उपसभापति अजय लिम्बू, तरुण दल उर्लाबारी उप सभापति सुमन कार्की, तरुण दल वडा उर्लाबारी—७ का सभापति विपन लिम्बूले एकीकृत गर्दै पार्टी प्रवेश गराउन महत्त्वपूर्ण भूमिका खेलेको कार्यक्रममा प्रशंसा भएको थियो। 

कार्यक्रमका प्रमुख अतिथि मोरङ क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति खड्ग फागोले कम्युनिष्ट इर्ष्या र आरिसले जन्मेको टिप्पणी गरेका छन्। 

‘जसले श्रम गर्छ, काम गर्छ, धनसम्पत्ति जोड्छन्, उनीहरुलाई आरिस इर्ष्याले दुःख दिने काम गरेको कम्युनिष्ट सरकारले गरेको छ,’ फागोले भने, ‘अझ गरिव र मजदुरको पार्टी भनेर कम्युनिष्ट नारा लगाउँछन्, कुन गरिब र कम्युनिष्टहरूको हैसियत समान छ? कुन गरिबले समानता महसुस गरयो त?’

फागोले पुजीवाद दलाल भनेर जनताले कम्युनिष्टहरू चिनिसकेको बताए। ‘भोलिका दिनमा नेतृत्व वर्गले सबैलाई समेटेर लान नसक्ने र जनताको काम गर्न नसक्ने हो भने कांग्रेस पनि त उही हालतको रैछ भनेर प्रश्न उठ्नेछ,’ मेयर फागोले भने, ‘ठोस नीति र कांग्रेसको सिद्धान्त अनुसार गुट र उपगुट बिना अघि बढ्न आवश्यक छ।’ 

नेपाल तरुण दल उर्लाबारी सभापति रोहित कार्कीले कम्युनिष्ट सरकारले बहमुत पाएपनि जनताको मतलाई कुल्चिएर आफै विवाद गरेर जनतालाई निराश बनाएकाले वडा वडामा तरुण दलले जनदबाब र पार्टी प्रवेशको कार्यक्रमलाई तीब्र बनाउने बताएका छन्। 

धरानका उत्पादन अब विदेशमाः कसरी? हेनुहोस् नगरप्रमुख तिलक राईको अन्तरवार्ता

प्रकाशित : ११ पुस २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल