Logo

समाचार

समृद्धिको यात्रा, ओलीको गाइजात्रा: संसद् विघटनको कदमविरुद्ध उत्रियाे नागरिक समाज



काठमाडौं, ११ पुस – नागरिक समाजका अगुवाहरूले केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा प्रर्दशन गरेका छन्।

‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’को ब्यानरमा शनिबार माइतीघर मण्डलामा नागरिक समाजका अगुवा र बुद्धिजीवीहरूले प्रदर्शन गरेका हुन्।

‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘समृद्धिको यात्रा, ओलीको गाइजात्रा’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि?’ लगायतका नारा र प्लेकार्ड बोकेर नागरिक समाजका अगुवाले प्रदर्शन गरेका हुन्।

ओली सरकारले संसद् विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको घोषणा गरेपछि त्यो विरोधमा देशव्यापी आन्दोलन भइरहेको छ।

यसैगरी, नेपाल विद्यार्थी संघले पनि संसद् विघटन गर्ने ओली सरकारकाे कदमविरुद्ध प्रदर्शन गरेकाे छ। नेवि संघकी नेतृ एलिजा ढकालले ओली सरकारकाे असंवैधानिक कदमविरुद्ध निरन्तर आन्दाेलन गर्ने बताएकी छिन्।

रमेश प्रसाई र नन्दा सिंहकाे मायाका कहानी: दुई वर्षकाे प्रेमपछि बिहे

प्रकाशित : ११ पुस २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल