Logo

खेलकुद

पेलेको दुर्लभ कीर्तिमान तोडेपछि समथर्कलाई मेसीको मर्मस्पर्शी सन्देश



काठमाडाैं, ८ पुस – अर्जेन्टिनाका स्ट्राइकर तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेसी एउटै क्लबको लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। बार्सिलोनाका लागि ६ सय ४४ औं गोल गर्दै मेसीले ब्राजिलियन लिजेण्ड पेलेको नाममा रहेको दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।

यसअघि उक्त कीर्तिमान पेलेको नाममा थियो। पेलेले फुटबल क्लब सान्टोसका लागि ६ सय ४३ गोल गरेका थिए। पेलेको कीर्तिमान तोडेपछि मेसीले आफ्ना समर्थक, आफन्त र साथीभाईलाई भावुक सन्देश दिएका छन्।

‘जब मैले फुटबल खेल्न शुरु गरेको थिएँ, कुनै कीर्तिमान तोड्न सक्छु भन्ने मलाई लागेको थिएन। खासगरी, मैले अहिले भंग गरेको पेलेको कीर्तिमान,’ मेसीले इन्स्टाग्राममा लेखेका छन्, ‘मलाई वर्षौंदेखि साथ र माया दिने मेरो टिमका सहकर्मीहरु, मेरो परिवार, साथीहरु र समर्थकहरुलाई म धन्यवाद मात्र भन्न सक्छु।’

मेसीले बार्सिलोनाबाट ७ सय ४९ खेल खेल्दै ६ सय ४४ गोल पूरा गरेका हुन्। उनले सन् २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए। मेसीले हालसम्म बार्सिलोनामा १७ सिजन बिताइसकेका छन्। त्यस दौरान उनले १० ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि हात पारेका छन्। एजेन्सी

प्रकाशित : ९ पुस २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल