Logo

राजनीति

अनेरास्ववियूका ५ केन्द्रीय नेता नेकपाको केन्द्रीय कमिटीमा, भन्छन्, ‘प्रधानमन्त्रीको योजना साकार पार्छौं’



काठमाडौं, ७ पुस – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अनेरास्ववियूका ५ नेतालाई पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी दिएका छन्।

अनेरास्ववियूका संयोजक ऐन महर, युवा नेतृ तथा अनेरास्ववियूकी निर्वतमान केन्द्रीय उपाध्यक्ष सुनिता बराल, निर्वतमान उपाध्यक्ष महेश बर्तौला, निर्वतमान उपाध्यक्ष रश्मी आचार्य र निवर्तमान उपाध्यक्ष शैलेश लामाले नेकपा केन्द्रीय सदस्यको जिम्मेवारी पाएका हुन्।

मंगलबार बिहान बसेको प्रधानमन्त्री ओली पक्षीय केन्द्रीय कमिटी बैठकले युवा नेताहरूलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको हो।

साथै उक्त बैठकले पार्टीको महाधिवेशन आगामी २०७८ मंसिर २ गते गर्ने निर्णय गरेको छ। ओलीले प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीयमा ५ सय ५६ थपेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गरेका हुन्। र, बैठकले उक्त प्रस्तावलाई अनुमोदन गरेको हो।

‘प्रधानमन्त्रीको योजना पूरा गर्न अघि बढ्छौं’

नेकपाका नवनियुक्त केन्द्रीय सदस्य एवं अनेरास्ववियूका अध्यक्ष ऐन महरले पार्टीले दिएको जिम्मेवारीलाई आफ्नो दायित्व ठानेर अघि बढ्ने प्रष्ट पारेका छन्।

प्रधानमन्त्री ओलीको योजनालाई साकार पार्न प्रतिबद्ध भएर लाग्ने बताउँदै महरले नेकपालाई एकताबद्ध भएर अघि बढाउन आफू निरन्तर लाग्ने धारणा राखेका छन्।

यसैगरी, नेकपाकी नवनियुक्त केन्द्रीय सदस्य सुनिता बरालले प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको अभियानमा एकाकार भएर अघि बढ्ने बताएकी छिन्।

‘राष्ट्रिय राजनीतिमा नयाँ अध्याय प्रारम्भ भएको छ, देश र जनता चाहना पूरा गर्ने दायित्वलाई शिरोपर गरेर काम गर्नुपर्ने जिम्मेवारी आएको छ,’ बरालले भनिन्।

हेनुहाेस्: रमेश खरेलसँग विशेष अन्तरवार्ता:

प्रकाशित : ७ पुस २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल