Logo

समाचार

‘रगत बगाएर जोगाएको सीमामा विदेशी र दलालसँग साँठगाँठ गरेर हस्तक्षेप हुन थाल्यो’



काठमाडौं, ४ पुस – हाम्रो नेपाल सुशासन अभियानका संयोजक, सामाजिक अभियन्ता एवं पूर्व प्रहरी रमेश खरेलले दलाली र चाकडी गरेर पदमा पुगेकाहरूले मुलुकमा हित र संगठनमा काम गर्न नसक्ने पुष्टि भएको बताएका छन्।

पूर्व सुरक्षाकर्मी परिषद् नेपालको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संयाेजक खरेलले यस्ता प्रवृत्ति विरुद्ध उत्रिन सबैमा आग्रह गरेका हुन्।

रगतका धर्साले सीमा जोगाएको, कर्तव्य पालनाका लागि लड्दा घाइते र अपाङ्गतासहित शहीदसम्म भएको उदाहरण दिँदै अब सुरक्षाकर्मीहरू एकढिक्का भएर अगाडि बढ्नपर्ने बताए।

कार्यक्रममा पूर्व एआइजी ठाकुरमोहन श्रेष्ठ, पूर्व सहायक रथी डा. प्रेमसिंह बस्नेत लगायतले बन्दुक र गोली चलाउनेहरू आदेश पालना मात्रै होइन विवेकशील र सचेत भएको सन्देश दिन परिषद गठन गरिएको बताएका छन्।

कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले अहिले देशको सीमा र स्वाधीनतामाथि ठूलो प्रहार भइरहेको बताएका छन्।

कटुवालले भारत र चीनसहित विश्वका शक्तिशाली मुलुकबाट नेपाललाई साइलेन्ट आक्रमण भइरहेको बताएका हुन्।

यसको रक्षाका लागि सबै लागिपर्ने कटुवालले आग्रह गरेका छन्। रगत बगाएर जोगाएको सीमामा विदेशी र दलालीसँग साँठगाँठ गरेर हस्तक्षेप हुन थालेकाले सबै सचेत बन्न उनले आग्रह गरेका छन्।

कार्यक्रममा राष्ट्रिय अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माले सुरक्षाकर्मीकै कारण मुलुकको सुरक्षा भएको बताउँदै अब एकजुट भएर अगाडि बढ्न आग्रह गरेका छन्।

सुरक्षा निकायमा लामो समय काम गरेर अवकाश पाएकाहरूले पूर्व सुरक्षाकर्मी परिषद् गठन गरेका छन्। नेपाली सेनामा लामो समय काम गरेर अवकाश पाएका केबी राउतको संयोजकत्वमा परिषद् गठन गरिएको हो।

परिषद्‌मा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, भारतीय सेना तथा बेलायती सेनामा काम गरेकाहरूले संयुक्त रुपमा सहभागिता रहेको छ।

परिषद्ले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै नागरिक समाजको भूमिका निर्वाह गर्दै अग्रणी संस्था बनाउने परिषद्का अध्यक्ष राउतको भनाइ छ।

हेनुहाेस्: रमेश खरेलसँग विशेष अन्तरवार्ता:

प्रकाशित : ४ पुस २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल