Logo

खेलकुद

मेसी भर्सेस् रोनाल्डो : पेनाल्टी प्रहारमा को बलियो ?



एजेन्सी – अर्जेन्टिनाका स्टार लियोनल मेसी र पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो वर्तमान फुटबल जगतका चिरपरिचित प्रतिद्वन्द्वी हुन्। सञ्चारमाध्यममा दुबै खेलाडीले एक अर्काको प्रशंसा गर्दै आफूहरु मिल्ने साथी भएको सन्देश दिएका छन्।

तर, फुटबलप्रेमीहरु उनीहरुलाई प्रतिद्वन्द्वी कै रुपमा चिन्छन्। दुबै खेलाडीमा उत्कृष्ट खेलकौशल प्रदर्शन गर्ने क्षमता छ। यद्यपी, दुईमध्ये को उत्कृष्ट भन्ने प्रश्नमा विश्व फुटबल दुई ध्रुवमा विभाजित हुन्छ। यस विषयमा विभिन्न निकायले सर्वेक्षणहरुले बेलाबेला सर्वेक्षण पनि गर्छन्।

तर, फरकफकरक विषयलाई आधार मानेर गरिने ती तुलानात्मक सर्वेक्षणहरुमा कहिले मेसी र कहिले रोनाल्डो उत्कृष्ट भएको ठहर गरिन्छ। आज हामी यहाँ दुई खेलाडीमध्ये पेनाल्टी प्रहारमा को बलियो भन्ने विषयमा तुलना गर्न लागिरहेका छौं।

हालसम्मको तथ्याङ्क हेर्दा युभेन्टसका स्ट्राइकर रोनाल्डोले आफ्नो फुटबल करियरमा सबै खाले प्रतियोगितामा गरी १ सय ५९ पटक पेनाल्टी प्रहार गर्ने अवसर पाएका छन्। तीमध्ये उनले १ सय ३३ वटा पेनाल्टीलाई गोलमा परिणत गर्न सफल भएका छन्। तर, रोनाल्डो २६ वटा पेनाल्टीमा चुकेका छन्।

तथ्याङ्कलाई केलाउँदा रोनाल्डो पेनाल्टीमा ८३ दशमलव ६५ प्रतिशत सफल छन्। जारी सिजन २०२०/२१ मा उनले ७ वटा पेनाल्टी प्रहार गरेका छन्। जसमध्ये उनी एक पेनाल्टीमा चुकेका छन्।

त्यस्तै, बार्सिलोनाका कप्तान लियोनल मेसीले आफ्नो फुटबल करियरमा सबै खाले प्रतियोगितामा गरी १ सय २३ वटा पेनाल्टी प्रहार गरेका छन्। तीमध्ये ९७ वटा पेनाल्टीलाई गोलमा परिणत गर्न उनी सफल भएका छन्। तर, २६ वटा पेनाल्टीमा मेसी चुकेका छन्।

तथ्याङ्कलाई केलाउँदा मेसी ७८ दशमलव ८६ प्रतिशत सफल भएका छन्। जारी सिजन २०२०/२१ मा हालसम्म मेसीले ६ वटा पेनाल्टी प्रहार गरेका छन्। मेसीले ती ६ वटै पेनाल्टीलाई गोलमा परिणत गरेका छन्।

यी दुई खेलाडीको तथ्याङ्कलाई हेर्दा पेनाल्टी प्रहारमा रोनाल्डो मेसीभन्दा ४ दशमलव ७९ प्रतिशत बढी सफल छन्। तर, संयोग मेसी र रोनाल्डोको असफल पेनाल्टी संख्या समान २६ रहेको छ।

रमेश खरेल के गर्दैछन्? राजनीतिमा आउने सम्भावना कति? (हेर्नुहाेस् अन्तरवार्ता)

प्रकाशित : २९ मंसिर २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल