Logo

मनोरञ्जन

प्रेरकपथमा नायिका एलिजा गौतम: धादिङमा ७७ र हरेक जिल्लामा १०–१० वटा घर निर्माण गर्ने



काठमाडौं, २ पुस – नेपाली चलचित्र जगतकी उदीयमान नायिका एवं मोडल एलिजा गौतम कला क्षेत्रसँगै विभिन्न किसिमका सामाजिक गतिविधिमा पनि सक्रिय छिन्।

‘अनुराग’ फिल्मबाट अभिनय यात्रामा नयाँ उचाई लिएकी नायिका गौतम अहिले नयाँ कामको थालनी गर्ने तयारीमा जुटेकी छिन्।

फाउण्डेशन नै स्थापना गरेर सामाजिक कार्यको शुरुआत गर्न लागेकी एलिजाले धादिङ जिल्लामा ७७ वटा घरहरू निर्माण गर्ने घोषणा गरेकी छिन्।

एलिशा फाउण्डेशनमार्फत घर निर्माण गरिने छ। सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनले छिट्टै धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भाग घर निर्माण गर्ने तयारी गरेको छ।

‘७७ वटै जिल्लामा विपन्न, असहायहरूका लागि प्रत्येक जिल्लामा दश–दश वटा घर निर्माण गर्ने योजना गौमतले सार्वजनिक गरेकी छिन्।

‘यस पवित्र कार्यमा सबैको साथ, सहयोग र हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं,’ गौतमले भनेकी छिन्। फाउण्डेशनले पहिलो चरणको कार्य धादिङबाट शुरु गर्न लागेको उनले बताइन्।

आउँदो चैत ११ गते आफ्नो जन्मदिन पारेर घर निर्माण कार्य थाल्ने बताउँदै गौतमले नेपालका ७७ वटै जिल्लामा फाउण्डेशनको अभियान सञ्चालन हुने उल्लेख गरिन्।

रमेश खरेल के गर्दैछन्? राजनीतिमा आउने सम्भावना कति? (हेर्नुहाेस् अन्तरवार्ता)

प्रकाशित : २ पुस २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल