Logo

खेलकुद

मेसीको कारण पेलेको ४५ वर्षदेखिको दुर्लभ कीर्तिमान धरापमा



अर्जेन्टिना, २२ मंसिर – फुटबल जगतमा विभिन्न कीर्तिमानहरु बन्छन्। कतिपय कीर्तिमान भंग हुन्छन्। कतिपय कीर्तिमान भंग गर्न प्रायः असम्भव नै हुन्छन्। नयाँ खेलाडीले पुराना खेलाडीहरुको ‘रेकर्ड ब्रेक’ गरिरहेका छन्।

यसैबीच अर्जेन्टिनी स्टार तथा बार्सिलोनाका कप्तान लियोनल मेसीका कारण ब्राजिलियन ब्राजिलियन लेजेण्ड फुटबलर पेलेको ४५ वर्षदेखिको कीर्तिमान धरापमा परेको छ।

एउटै क्लबको लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान पेलेको नाममा छ। पेलेले ब्राजिलियन क्लब सान्टोसको लागि ६ सय ४३ गोल गरेका छन्। तर, पेलेको उक्त दुर्लभ कीर्तिमानसँग बराबरी गर्न मेसीले २ गोलले पछि छन्।

मेसीले स्पेनिस क्लब बार्सिलोनाका लागि ६ सय ४१ गोल गरिसकेका छन्। बार्सिालोनाले आगामि मंगलबार राति च्याम्पियन्स लिगको खेलमा चिर परीचित प्रतिद्वन्द्वी युभेन्टसको सामना गर्दैछ। उक्त खेलमा मेसीले २ गोल गरेमा उनले पेलेको दुर्लभ कीर्तिमानमा बराबरी गर्नेछन्।

मेसीले युभेन्टसविरुद्धको खेलमा ह्याट्रिक गरेमा उनले ४५ वर्षदेखि पेलेको नाममा रहेको कीर्तिमान आफ्नो नाममा लेखाउनेछन्। उक्त खेलमा सम्भव नभएमा मेसीले अन्य खेल कुर्नुपर्नेछ। जारी सिजन मेसीले शानदार प्रदर्शन गर्न सकिरहेका छैनन्।

त्यसकारण उनले पेलेको कीर्तिमान भंग गर्न केही खेल कुर्नुपर्ने अनुमान गर्न सकिन्छ। यो चाहिँ लगभग पक्का हो, मेसीले जारी सिजनको अन्त्यसम्ममा उक्त कीर्तिमान आफ्ना नाममा दर्ता गर्नेछन्। एजेन्सी

प्रकाशित : २२ मंसिर २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल