Logo

राजनीति

विवेकशील र साझा पार्टीबीच एकता, मिश्र अध्यक्ष, पाण्डेलाई संयाेजककाे जिम्मेवारी



काठमाडौं, २४ मंसिर – विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएको छ। बुधबार विवेकशीलका मिलन पाण्डे र साझाका संयोजक रविन्द्र मिश्रले सहमतिमा हस्ताक्षर गरेका छन्।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ। र, चुनाव चिन्ह तराजु रहेको छ। पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे रहेका छन्। १३० सदस्यीय केन्द्रीय समितिमा दुबै पक्षबाट ६५–६५ जना रहनेछन्। केन्द्रीय समितिको पहिलो बैठकले दुबै पक्षबाट १३–१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ।

त्यस्तै, एकीकृत पार्टीका संरचनाहरु गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सक्ने र ६ महिनाभित्र एकता महाधिवेशन गर्ने एकता घोषणापत्रमा उल्लेख गरिएको छ।

अलग भएको २२ महिनापछि दुई पार्टी पुनः एक भएका हुन्। २०७४ साल साउन ११ गते तत्कालीन दुई पार्टीको एकता भएको थियो। तर, मतभेद बढेपछि २०७५ पुस २७ गते अलग्गिएका थिए।

प्रकाशित : २४ मंसिर २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल