Logo

समाचार

खगेन्द्र नवजीवन केन्द्रमा ‘विङ ह्युमन’को अन्तर्राष्ट्रिय अपाङ्ग दिवस विशेष कार्यक्रम



काठमाडौं, १९ मंसिर – अपाङ्गता भएका व्यक्तिहरूका हक र अधिकार स्थापनाका लागि संयुक्त राष्ट्र संघले सन् १९८१ देखि मनाउन थालेको अन्तर्राष्ट्रिय अपाङ्ग दिवस काठमाडौंमा पनि विभिन्न कार्यक्रम गरिएको छ।

‘विङ ह्युमन’ले पनि काठमाडौंको जोरपार्टीमा रहेको खगेन्द्र नवजीवन केन्द्रमा एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाएको छ। उक्त अवसरमा म्युजिकल चियर, ह्विल चियर दौड तथा अन्य रचनात्मक कार्यक्रम गरिएको छ।

लियो क्लबको सहयोगमा भएको कार्यक्रममा विङ ह्युमनले अपांगता भएका व्यक्तिहरूको शैक्षिक विकास र स्वास्थ्य सेवाका लागि पनि सहयोग गर्दै आएको छ।

विङ ह्युमनकी जनसम्पर्क तथा ब्राण्ड मेनेजर एलिष्टा सुवेदीले अपांगता भएका व्यक्तिहरूलाई सामाजिक जागरणमार्फत् प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइन्।

अपाङ्गता भएका व्यक्तिहरुको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रिय रुपमै अपाङ्ग दिवस मनाइने गरिन्छ। ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ।

नेपालका हरेक परिवर्तनका आन्दोलनमा अपाङ्गता भएका व्यक्तिको साहसिक र महत्त्वपूर्ण योगदान रहेको छ। संविधानले पनि अपाङ्गता भएका व्यक्तिहरूलाई राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गरेको छ।

सामाजिक उत्तरदायित्वकाे सवालमा विङ ह्युमनले बलिउड स्टार सलमान खानकै शैली र साेचलाई प्राथमिकता दिने विङ ह्युमनका कन्ट्री म्यानेजर कृष्ण लाम्गादेले बताए। व्यवसायसँग समाजका सबै क्षेत्रलाई उत्तिकै प्राथमिकतामा राखेकाे उनले बताए।

त्यसैगरी, विङ ह्युमनका निर्देशक सुरज केसीले अपांगता भएका व्यक्तिहरूकाे हकअधिकारलाई सधैं प्राथमिकता दिएर सहयाेग गर्न आफ्नाे टिम तत्पर रहेका बताए।

निर्देशक सुदिपचन्द्र बख्रेलले नेपाली समाजमा रहेका विभेद र अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकाेण परिवर्तन गर्नकै लागि विङ ह्युमनले सामाजिक अभियान सञ्चालन गरिरहेकाे प्रष्ट पारेका छन्।

प्रकाशित : १९ मंसिर २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल