Logo

राजनीति

प्रधानमन्त्रीज्यू, हेक्का रहोस् कांग्रेससँग जोरी खोज्नेहरू इतिहासमा सीमित छन्: प्रकाश स्नेही



काठमाडौं, १८ मंसिर – नेपाली कांग्रेसका युवा नेता प्रकाश रसाइली स्नेहीले कानूनी राज्यको अभ्यास र लोकतन्त्रविरुद्ध भइरहेका क्रियाकलाप सच्याउन केपी ओली नेतृत्वको सरकारलाई सुझाव दिएका छन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा पुल उद्घाटन गर्न जाने क्रममा प्रहरी लगाएर दुर्व्यवहार र गिरफ्तार गरिएको विषयमा आपत्ति प्रकट गर्दै प्रतिनिधिसभा सदस्य रसाइलीले ओली सरकारलाई सच्चिन सुझाव दिएका हुन्।

सरकारले कांग्रेस वरिष्ठ नेता पौडेललाई प्रहरी प्रशासनले नियन्त्रणमा लिएर कानूनी राज्यको धज्जी उडाएको टिप्पणी उनले गरेका छन्।

‘ओली सरकारको अधिनायकवादी चरित्र प्रष्ट भएको छ, यस घटनाले ओली सरकार पतन भएको स्पष्ट भएको छ, हेक्का रहोस् इतिहासमा कांग्रेससँग जोरी खोज्नेहरू इतिहासको पानामा सीमित भएका छन्,’ रसाइलीले भने।

लोकतन्त्र प्राप्तिपछि पनि नेपालमा कम्युनिष्टहरूको चरित्र तत्कालीन शासकहरूको जस्तै हुनु गलत रहेका तर्क गर्दै सांसद रसाइलीले तत्काल व्यवहार नसुधारे त्यसको प्रतिरोध गर्न कांग्रेस तयार रहेको बताएका छन्।

प्रकाशित : १८ मंसिर २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल