Logo

राजनीति

लोकतन्त्रमाथिको प्रहार नरोके केपी ओलीलाई बालुवाटारबाटै लखेट्छौं : राजीव ढुंगाना



काठमाडौं, १७ मंसिर – नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले लोकतन्त्रविरुद्ध हुने गतिविधिविरुद्ध सशक्त आन्दोलन गर्ने उद्घोष गरेका छन्।

नेवि संघले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारीविरुद्ध माइतीघरमा गरेको प्रदर्शनपछि आयोजित जनसभामा बोल्दै ढुंगानाले सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने घोषणा गरेका हुन्।

अध्यक्ष ढुंगानाले केपी शर्मा ओली सरकारले लोकतन्त्रलाई प्रहार गरिरहे उनलाई बालुवाटारबाट लखेट्ने चेतावनी दिएका छन्।

वरिष्ठ नेता पौडेलमाथि भएको दुर्व्यवहार कांग्रेस नेता–कार्यकर्तामाथि भइरहेको आक्रमण नभएर सिंगो लोकतन्त्रमाथिको आक्रमण भएको बताएका छन्।

ढुंगानाले वरिष्ठ नेता पौडेललाई तनहुँको ब्याँस नगरपालिकामा पुल उद्घाटन गर्न जाँदा गरिएको नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारले गरेको दुर्व्यवहारको विरोध गर्दै ओली सरकारको राजीनामा माग गरेका छन्।

पौडेललाई पक्राउ गरेको घटनाको माफी माग्दै आगामी दिनमा यस्ता कार्य नगर्न उनले चेतावनी दिएका छन्। प्रहरीले जनताको सुरक्षा दिनुपर्ने बेलामा केपी ओलीले झापाको जग्गा बेचेर तलब दिएजसरी भक्ति गर्दै बढुवा पाउने कार्यमा नलाग्न उनले आग्रह गरेका छन्।

नेवि संघले केन्द्रबाट काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ। देशभरका जिल्ला समितिहरूले वरिष्ठ नेता पौडेललाई पक्राउ गरेको घटनाको विरोध प्रदर्शन कार्यक्रम गरेका छन्।

ओलीले दुईतिहाइको दम्भमा मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउँदै नेवि संघका नेताहरूले ओलीको सरकारले लोकतन्त्र कमजोर पार्न खोजे वालुबाटार र सिंहदरबारबाट सडकमा ल्याउने चेतावनी दिएका छन्।

३० अर्ब खर्च गरे पनि नागरिकले ५० हजार खर्च गरी निजी अस्पताल धाउन बाध्य भएको टिप्पणी गर्दै सरकारले भ्रष्टाचार गर्ने बाटो खोजी रहेको आरोप लगाए।

प्रधानमन्त्रीलाई भ्रष्टाचारीको संरक्षक भएको भनिरहेका बेला उनले पदमा बसिरहनु औचित्य नहुने विचारसमेत व्यक्त गरेका छन्।

स्वास्थ्यमन्त्री हुँदा गगन थापाले दरबन्दी दिएको अस्पताल कसरी पुग्यो वडाअध्यक्षको कब्जामा?

प्रकाशित : १७ मंसिर २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल