Logo

आर्थिक

वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, जीतपछि भने, ‘चुनावी प्यानल सकियो, महासंघ अब ढिक्का’



काठमाडौं, १४ मंसिर – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन्। ढकालले शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलाई पराजित गरेका हुन्।

वरिष्ठ उपाध्यक्षमा विजयी भएपछि ढकालले अब जीत–हार भुलेर महासंघलाई बलियो बनाउन अघि बढ्ने बताएका छन्।

अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघलाई एक ढिक्का बनाएर अघि बढाउने बताउँदै ढकालले भने, ‘चुनाव हारे पनि आदरणीय दाजु किशोर प्रधानलाई पनि साथै लिएर अघि बढ्छौं, मलाई विश्वास गर्ने सबैमा धन्यवाद प्रकट गर्छु।’

१९औं नेतृत्वको रुपमा अबको एक कार्यकाल शेखर गोल्छाले गर्नेछन्। वरिष्ठ उपाध्यक्ष जितेका ढकालले महासंघको २०औं अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन्।

३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५ सय २२ र किशोर प्रधानले ३ सय ७५ मत ल्याएका छन्। २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याए।

५० प्रतिशत मत भार रहेको जिल्ला(नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याएका छन्। ढकालले वस्तुगततर्फ १२ दशमलव ०४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४ दशमलव ७६ प्रतिशत, एसोसियटतर्फ १७ दशमलव ४६ प्रतिशत मत ल्याएर कूल ५४ दशमलव २६ प्रतिशत मत ल्याएका छन्। प्रधानले ४५ दशमलव ७४ प्रतिशत मात्रै मत प्राप्त गरेका छन्।

शनिबार राति नै आएको मत परिणामअनुसार महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भइसकेका छन्।

https://www.youtube.com/watch?v=ukk6TqLV3GM

प्रकाशित : १४ मंसिर २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल