Logo

खेलकुद

म्याराडोनाले फुटबलको मैदानमा यसरी उद्घोष गरेका थिए गोर्खालीको वीरताको गाथा



काठमाडौं, ११ मंसिर – विश्व फुटबलका एक आदर्श पुरुष डिएगो म्याराडोनाको बुधबार निधन भयो। उक्त खबरले फुटबल जगत् स्तब्ध भयो। ६० वर्षीया म्याराडोनाको मुटुमा समस्या आएका कारण निधन भएको हो।

म्याराडोनालाई उनको खेल कौशलका कारण विश्वका अर्बौं मानिसले सम्झिरहने छन्। तर, नेपालीले म्यारोडोनालाई उनको खेल कुशलताबाहेक अर्को एक विशेष कारण सदैव सम्झिने छन्।

उक्त विशेष कारण हो– म्याराडोनाले फुटबल मैदानमा उत्रिँदै गर्दा गोर्खा रेजिमेन्टसम्बन्धी दिएको एक अभिव्यक्ति। उनको त्यो अभिव्यक्तिले गोर्खालीको वीरतालाई विश्वका करोडौं फुटबलप्रेमीमाझ परिचित गरायो।

सन् १९८६ को विश्वकप फुटबलको क्वाटरफाइनलमा अर्जेन्टिना र इङ्ल्याण्डको भेट भएको थियो। उक्त क्वाटरफाइनल खेलअघिको पत्रकार सम्मेलनमा पत्रकारले म्याराडोनालाई सोधे, ‘खेल कस्ले जित्छ?’, म्यारोडोनाले भने, ‘हामीले जित्छौं।’ ‘कारण के होरु’ पत्रकारले सोधे।

‘आत्मविश्वास,’ म्यारोडोनाले जवाफ दिए। त्यसपछि पत्रकारले फकल्याण्ड युद्धको प्रसंग जोड्दै म्याराडोनालाई सोधे, ‘यस्तै आत्मविश्वास त फकल्याण्डको युद्धमा पनि थियो होला नि?’ पत्रकारको प्रश्नपछि म्याराडोना भन्छन्, ‘हो सन् १९८२ को फकल्याण्ड युद्धमा ब्रिटिससँग हामी हारेका थियौं, किनभने त्यसबेला ब्रिटिशहरू एक्लै थिएनन्, उनीहरूसँग मैदानमा वीर गोर्खा रेजिमेन्ट पनि थियो। तर, फुटबलको मैदानमा हामी उनीहरूलाई परास्त गर्छौं, किनभने यहाँ उनीहरूसँग वीर गोर्खा रेजिमेन्ट हुने छैन।’

म्याराडोनाले यस उक्तिले धेरै नेपालीलाई प्रभावित भए। त्यसकारण म्याराडोना खेलका साथै उनको गोर्खा रेजिमेन्टसम्बन्धी उक्तिले सदैव नेपालीको मनमा बसिरहने छन्।

सन् १९८२ को फकल्याण्ड टापुको युद्धमा अर्जेन्टिना र बेलायतबीच युद्ध भएको थियो। त्यतिबेला बेलायत गोर्खा रेजिमेन्टको वीरताकै कारण विजयी भएको थियो।

नायिका ऋचा शर्माको डरलाग्दो कोरोना अनुभव, एलिजा गौतम चिन्तित, नीति शाहले मागिन् माफी

https://www.youtube.com/watch?v=-rr-kCQ0zi

प्रकाशित : १२ मंसिर २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल