Logo

राजनीति

शान्ति सम्झौताको १४ वर्ष: प्रचण्डले भने, ‘संवेदनशील विषय टुंगिसक्याे, बाँकी काम सहजै’



काठमाडौं, ५ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम सहज रुपमै सम्पन्न हुने बताएका छन्।

शान्ति सम्झौता भएको १४ वर्ष पुगेको अवसरमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका जटिल, संवेदनशील र गम्भीर विषय टुंगिसकेको बताएका हुन्। ‘बाँकी काम सहजै टुंगिन्छन्,’ उनले भने।

प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानवीनसम्बन्धी काम पनि अब सहजै ढंगले टुंगिने बताएको बताएका छन्।

सबभन्दा जटिल र संवेदनशील विषय सम्पन्न गरेको स्मरण गर्दै प्रचण्डले अन्य काम सहजै सम्पन्न हुने अपेक्षा व्यक्त गरेका हुन्। ‘सेना समायोजन र हतियार व्यवस्थापन जस्तो जटिल विषय सफलतापूर्वक टुंगिनु अभूतपूर्व घटना हो,’ प्रचण्डले भने।

सामान्य अवस्थामा सहज ढंगले हल हुन्छ भन्ने कसैले नसोचेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘कहिँ न कहिँ दुर्घटना हुन्छ, कयौंको ज्यान जान सक्छ भन्ने पनि थियो, शान्ति प्रक्रियामा हस्ताक्षर गरेको नाताले पनि त्यसलाई सफलतापूर्वक सेना समायोजन र हतियार व्यवस्थापन भयो।’

प्रचण्डले शान्ति सम्झौता कार्यान्वयन नेपालको इतिहासमा र दक्षिण एशियामा मात्रै नभएर विश्वमा नै अभूतपूर्व घटना भएको धारणा राखे। ‘नेपालको शान्ति प्रक्रिया आफ्नै मौलिकता र विशेषताअनुरुप भएको थियो,’ उनले भने।

प्रकाशित : ५ मंसिर २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल