Logo

लुम्बिनी प्रदेश

भाइटीकाकै दिन बहिनीको निधन, दाजु घाइते, सञ्चार क्षेत्रले गुमायो उदीयमान सञ्चारकर्मी



दाङ, १ मंसिर – तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निजासी सञ्चारकर्मी मनिषा लामिछानेको सवारी दुर्घटनामा परी सोमबार अपराह्न मृत्यु भएको छ।

बिजौरीबाट लामिछाने कार्यरत ‘रेडियो हाम्रो पहुँच’मा आउँदै गरेको रा१प ६७२१ नम्बरको मोटरसाइकललाई तुलसीपुरको गुल्म चोकमा स्कोर्पिओ गाडीले ठक्कर घाइते भएकी लामिछानेको उपचारका क्रममा निधन भएको हो।

मोटरसाइकल चालक विराज लामिछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए। दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको थियो। मनिषाको उपचारका क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ।

मनिषा दाङको तुलसीपुरबाट प्रसारण हुने रेडियो हाम्रो पहुँचमा सहायक प्राविधिक पदमा कार्यरत थिइन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले ठक्कर दिने गाडी र चालक अहिले नियन्त्रणमा रहेको बताए।

घाइते बिराजको कोहलपुरमै उपचार भइरहेको बताइएको छ। २२ वर्षीया मनिषा र २४ वर्षीय विराजलाई ठक्कर दिने स्कोर्पियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नायिका ऋचा शर्माको डरलाग्दो कोरोना अनुभव, ऋषि धमलालाई संक्रमण भएपछि एलिजा गौतम चिन्तित

प्रकाशित : १ मंसिर २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल