Logo

राजनीति

लालकिल्लामा फहारायो चारतारे झण्डा : कालिकोटमा आयो कांग्रेस प्रवेशको लहर



कालिकोट – दशैं मनाउन कालिकोट गएका नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजङ शाही अहिले गाउँ–गाउँमा पुगिरहेका छन्। कालिकोटका नेता, कार्यकर्ता र शुभचिन्तकसँग भेटसँगै पार्टीको सांगठानिक सुदृढीकरणमा पनि शाहीले काम गरिरहेका छन्।

कालिकोटमा रहेको कम्युनिष्ट पार्टीको पकडलाई अब कांग्रेसको पक्षमा बनाउने रणनीतिका साथ युवा नेता शाहीले गाउँपालिकाहरू र वडाहरू केन्द्रित कार्यक्रम गरिरहेका छन्।

‘अब चारतारे झण्डा फहराउनुपर्छ भनेर कालिकोटबासी उत्साहका साथ लाग्नु भएको छ, संगठन निर्माणका लागि अहोरात्र खटिरहेको छु,’ शाहीले भने, ‘एकदमै राम्रो सन्देश जिल्ला र निर्वाचन क्षेत्रबासीबाट पाएको छु।’

यसैबीच, युवा नेता शाहीको संगठन विस्तार अभियानका क्रममा कालिकोटमा विभिन्न पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेशको लहर चलेको छ।

कालिकोटको भर्तामा आयोजित कार्यक्रममा २ सय ५० भन्दा धेरै कांग्रेसमा प्रवेश गरेका छन्। यसअघि पनि कयौंको संख्यामा नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई समृद्धि र सुशासनको दिशामा अघि बढाउन अब नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्छ भन्ने सन्देश आमनागरिकले बुझिसकेको शाहीले बताए।

युवा नेता शाहीले कम्युनिष्ट पार्टीलाई सत्तामा पुर्‍याउँदा जनताले दुःख पाएकाले आगामी निर्वाचनबाट नेपाली कांग्रेसले बहुमतसहितको सरकार निर्माण गर्ने अठोट व्यक्त गरेका छन्।

नायिका ऋचा शर्माको डरलाग्दो कोरोना अनुभव, ऋषि धमलालाई संक्रमण भएपछि एलिजा गौतम चिन्तित

प्रकाशित : २९ कार्तिक २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल