Logo

विश्व

अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित, डोनाल्ड ट्रम्प किन गए अदालत?



काठमाडौं, २२ कात्तिक – संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएका छन्। डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार एवं अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन्।

राष्ट्रपतीय निर्वाचनमा महत्त्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा बाइडेनले जीत हात पारेका हुन्। यो परिणामसँगै बाइडेन ह्वाइट हाउसमा पुग्ने भएका छन्।

पछिल्लो परिणामसँगै बाइडेनले २ सय ९० इलेक्टोरल ल कलेज भोट प्राप्त गरेका छन्। अमेरिकामा राष्ट्रपतीय निर्वाचनबाट ५ सय ३८ इलेक्टोरल कलेज प्रतिनिधि छानिन्छन्। अमेरिकामा राष्ट्रपति बन्न २ सय ७० इलेक्टोरल भोट आवश्यक पर्छ।

निर्वाचन परिणामको आउन लाग्दा बाइडेन केही महत्त्वपूर्ण निर्णायक राज्यमा पछाडि देखिएका थिए। पेन्सिल्भेनिया, विस्कोन्सिन, मिशिगन र जर्जियाको नतिजा उल्ट्याउँदै राष्ट्रपतिमा आफ्नो स्थान सुरक्षित गरेका छन्।

रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले केही राज्यमा पुनः मतगणनाको माग गर्न माग गर्दै अदालतको प्रक्रिया शुरु गरेका छन्। यसले अमेरिकी राष्ट्रपतिको विवाद अझै केही समय चल्न सक्ने सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।

प्रधानमन्त्री केपी ओलीमाथि ज्ञानेन्द्र शाहीले लगाए यस्तो आरोप

प्रकाशित : २२ कार्तिक २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल