Logo

समाचार

आमा चाँडै फर्किन्छु भन्थे, खुशी र सुख दिन्छु भन्ने रोशन साइप्रसमै बिलाए



दिनेश गौतम, साइप्रस (जीएनएन) – अध्ययनका लागि साइप्रस आइपुगेका थिए रोशन अधिकारी। अनेक सपना लिएर साइप्रस पुगेका रोशन बुधबार साइप्रसको निकोसियामा आफ्नै अपार्टमेन्टमा प्राण त्याग्दा उनका सपनाहरू पनि बिदा भए।

२१ वर्षीय रोशन अधिकारी आमाबुवालाई सुख दिने सपना बोकेर साइप्रस पुगेका थिए। कास्कीको पोखराका रोशन निकोसियाको स्ट्रोभोलोसमा बस्दै आएका थिए उनी।

रोशन सिट युनिटी कलेजमा अध्ययनरत थिए। गत वर्ष अक्टोबरमा साइप्रस आएका उनी आफ्ना काकाको छोराहरूसँगै बस्दै आएका थिए।

काम पाएपछि उनी डिप्रेसन रहेका थिए। ठूलो सपना बोकेर साइप्रस गएका रोशन अब यो संसारमा छैन।

नेपाली विद्यार्थीहरूको पीडा यस्तै छ। सपनाको शहरमा पनि उनी एक्लो थिए। संसार त्याग्नु अघि उनले लेखेका छन्, ‘आमा विदेशमा पुगेर पनि तपाईको सपना पूरा गर्न सकिनँ, माफ गर्नु होला।’

कास्की जिल्लाको पोखरा वडा नम्बर–१४ धर्मस्थलि घर भएका रोशन सन् २०१९ को अक्टोबरमा साइप्रस आएका थिए।

आफ्नो बुवाको आँखाको उपचार गर्ने, आमा तरकारी बेच्ने कामबाट मुक्ति दिने, युरोपमा पढेर होटलको मेनेजर बन्ने सपनाका साथ उनी साइप्रस आए।

रोशनका काकाका छोरा विकास अधिकारीले गत वर्ष आफूहरूसँग बसेर पढ्ने र काम गर्ने र आमाबुवाले गर्दै आएको कामबाट मुक्ति दिने सपना बोकेर उनी साइप्रस पुगेका थिए।

‘भाइ केही दिन पहिला कलेज गएको थियो, रजिस्ट्रेसनका लागि तर कलेजले पैसा भए मात्रै भर्ना गर्ने र भिषा लगाउने जस्तो कुरा भाइले गरेको थियो, नेपालमा आमा तरकारी बेचेर गुजारा चलाउनु हुन्छ, बुवा दुवै आँखाले देख्नुहुन्न,’ उनले भने, ‘सानो भाई अहिले पढिरहेको छ, आदि कुरा सुनाउथ्यो।’

रोशनले लकडाउनमा काम नगरेको भए पनि खर्च आफुहरू दिँदै आएको उनले बताए। ‘मेरो भाई राम्रै थियो, त्यस्तो केही समस्या थिएन, तर कहिलेकाही कलेज शुल्कका लागि चिन्ता लिने गरेको थियो,’ उनले भने।

मृतक रोशनको काकाका छोरा सूर्य निकोसियाकै एउटा कुखुरा फार्ममा महिनाको ५ सय युरो, दाजु विकास लर्नाकाको एउटा बाख्रा फार्ममा महिनाको ३५० युरोमा पार्ट टाइम काम गरिरहेका थिए।

गैरआवासीय नेपाली सघं साइप्रसका सचिव महासचिव कृप थापाले रोशनको मृत्युले सारा नेपाली समाजको मन रुवाएको बताएका छन्।

महासचिव थापाले रोशनको शव शवलाई नेपाल पठाउन केही समय लाग्ने बताए। नेपाली राजदूतावास इजरायल र नेपाली कन्सुलेट साइप्रस तथा मृतकको परिवारसँग समन्वय भइरहेको उनले बताए।

साइप्रसमा पछिल्लो समय हरेक महिनामा केही न केही नेपालीमाथि आपतविपत परिरहेकाले नेपाल सरकार, सम्बन्धित निकायले साइप्रसमा रहेका नेपालीको अवस्था, समस्याका बारेमा समयमै समाधान नगरे आउने दिनमा अझै नराम्रो हुने महासचिव थापाको भनाई छ।

प्रधानमन्त्री केपी ओलीमाथि ज्ञानेन्द्र शाहीले लगाए यस्तो आरोप

प्रकाशित : २० कार्तिक २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल