Logo

विश्व

विश्वविद्यालयमै आतंकवादी आक्रमण: बम विष्फोट र जथाभावी गोली प्रहार, १९ छात्राको मृत्यु



अफगानिस्तान, १७ कात्तिक – अफगानिस्तानको काबुल विश्वविद्यालयमा आतंकवादी आक्रमण भएको छ। आक्रमणमा १९ जना छात्राको मृत्यु भएको छ।

अन्य १२ जना छात्रा घाइते भएका छन्। प्रहरीले एकजना आतंकवादीलाई मारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।

विश्वविद्यालयमा आयोजित बुक फेयर कार्यक्रममा ३ जना आतंकवादी प्रवेश गरी छात्रामाथि जथाभावी गोली बर्साएको उल्लेख गरिएको छ।

अफनानिस्तानको गृह मन्त्रालयका अनुसार विश्वविद्यालयको उत्तरी गेटमा शक्तिशाली बम विष्फोटपश्चात गोलाबारी भएको पुष्टि गरेको छ।

कतिपय न्यूज च्यानलमा प्रसारित फुटेजमा अधिकांश छात्रा ज्यान बँचाउन भवनभित्र भागेको देखिन्छ।

सुरक्षाकर्मीले भवनभित्र फसिरहेका छात्राहरूको उद्दार गरिरहेका छन्। आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि संगठनले लिएका छैनन्।

केपी ओली २४ घण्टाभित्र पक्राउ पर्छन्ः वरिष्ठ अभिवक्ता दिनेश त्रिपाठी

प्रकाशित : १७ कार्तिक २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल