Logo

विश्व

पोर्चुगलमा कोरोना संक्रमित बढेको बढ्यैः कोरोना अस्पतालका बेड ८४ र आइसियू ८१ प्रतिशत भरिए



गणेश पाण्डे, (जीएनएनएन), पोर्चुगल, १६ कात्तिक – युरोपमा कोरोनाको दोश्रो लहरसँगै पोर्चुगलमा पनि संक्रमितहरूको संख्यामा निरन्तर वृद्धि भइरहेको छ। अक्टोबरको शुरुवातीसँगै दिनदिनै संक्रमित र मृतकको संख्यामा उच्च रेकर्ड बन्दै गएपछि पोर्चुगलमा कोरोनाका संक्रमितहरूका लागि स्थापना गरिनेका कोरोना अस्पताल भरिभराउ हुन थालेका छन्।

स्वास्थ्य महानिर्देशनालयले दिएको जानकारी अनुसार देशभरका कोरोना अस्पतालका ८४ प्रतिशत बेड बिरामीले भरिएका छन्। त्यस्तै जटिल प्रकृतिका बिरामीहरूलाई उपचार गर्न स्थापना गरिएका आइसियू पनि ८१ प्रतिशत भरिभराउ भएका छन्।

पोर्चुगलमा कोरोनाको पहिलो लहरमा राजधानी लिस्बन बढी प्रभावित भएको थियो। कोरोनाको दोश्रो लहरमा उत्तरी क्षेत्र बढी प्रभावित भएको छ।

पोर्चुगलको उत्तरी क्षेत्रमा कोरोना अस्पतालका बेडहरू संक्रमित बिरामीले ८८ प्रतिशत भरिएका छन्। आइसीयु ८९ प्रतिशत भरिएका छन्।

त्यस्तै, लिस्बन क्षेत्रमा स्थापना गरिएका कोरोना अस्पतालको ८४ प्रतिशत बेड बिरामीले भरिएका छन्। सोही क्षेत्रमा आइसियूको ८२ प्रतिशतमा सिकिस्त बिरामीको उपचार भइरहेको छ।

अस्पतालहरू कोरोनाका बिरामीले भरिभराउ हुन थालेपछि सरकारले रेडक्रस र सैनिकको सहयोग लिन शुरु गरेको छ।

पोर्चुगलमा कोरोनाको पछिल्लो अवस्थाः

पछिल्लो २४ घण्टामा ३७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। ३ हजार ६२ जना संक्रमित भएका छन्। हालसम्म १ लाख ४४ हजार ३४१ जना संक्रमित भएका छन्। २ हजार ५४४ जनाले ज्यान गुमाएका छन्।

पोर्चुगलमा कोरोनाका सक्रिय बिरामीको संख्या बढेर ६० हजार २६ पुगेको छ। संक्रमितहरुमध्ये २ हजार १२२ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। २ सय ८२ जना सिकिस्त बिरामीहरूको आइसीयुमा उपचार भइरहेको छ।

त्यस्तै हालसम्म ८१ हजार ७ सय ७१ जना उपचार पश्चात निको भइसकेको जानकारी स्वास्थ्य महानिर्देशनालयले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

प्रकाशित : १६ कार्तिक २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल