Logo

राजनीति

‘शिक्षामन्त्रीको अदुरदर्शी र गैरजिम्मेवारपनले शैक्षिक क्षेत्र अस्तव्यस्त र धरासायी भयो’



काठमाडौं, १२ कात्तिक – नेपाल विद्यार्थी संघ त्रिचन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष लोकप्रसाद शिवाकोटी (शान्त) ले कोरोना प्रकोपमा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिनका लागि सरकारले मोडालिटी बनाउनै नसकेको बताएका छन्।

शिवाकोटीले ८–९ महिनादेखि शैक्षिक गतिविधि ठप्प भएको र शैक्षिक क्षेत्र अस्तव्यस्त भए पनि सरकारले आवश्यक कदम चाल्नै नसकेको धारणा राखेका छन्। यसमा सबैभन्दा बढी जिम्मेवार शिक्षामन्त्री रहेको उनले दावी छ।

‘विद्यार्थी संगठनले पटक–पटक आग्रह गर्दा पनि सरकारले जायज माग सम्बोधन गर्ने मनसाय नै देखाएन,’ शिवाकोटीले भने, ‘शिक्षामन्त्रीको अदुरदर्शी र गैरजिम्मेवारपनले पनि शिक्षा क्षेत्रमा जागरण आउन नसकेको हो।’

अध्यक्ष शिवाकोटीले स्वास्थ्यसम्बन्धी मोडालिटी निर्माण गरेर परीक्षा सञ्चालन गर्ने र कोरोनाको प्रभावमा प्रविधियुक्त शैक्षिक वातावरण निर्माण गरेर शुक्षा क्षेत्रमा आमूल सुधारको अवसर शिक्षामन्त्री र स्वयं सरकारले गुमाएको बताए।

विद्यार्थीहरूलाई अनलाइन कक्षाको शुल्क निर्धारण गर्ने सम्बन्धमा पनि सरकारले असक्षमता देखिएको शिवाकोटीको तर्क छ। ‘नियमित कक्षामा लिइरहेको शुल्क र अनलाइन कक्षाको शुल्कका सम्बन्धमा सञ्चालकहरूको मनपरी चल्दा पनि सरकार निरीह बन्यो,’ उनले भने।

शिवाकोटीले विद्यालय र कलेज सञ्चालकका लागि सरकारले मोडालिटी दिनुपर्ने र विद्यार्थीका अभिभावकलाई आर्थिक भार नपर्ने गरी शुल्क निर्धारण गर्न सरकारले सुझाव दिएका छन्।

‘शिक्षा क्षेत्रमा लगानी गरेर व्यापार गर्ने प्रवृत्ति अन्त्य गर्नका लागि सरकारले विस्तृत कार्यक्रम बनाउनुपर्छ,’ उनले भने, ‘कोरोना प्रकोपमा पनि अभिभावकमाथि भइरहेको आर्थिक शोषण अन्त्य हुनुपर्छ।’

नेपाल विद्यार्थी संघलाई नवीन शैली र संरचनाका साथ अघि बढाउनुपर्ने शिवाकोटीको धारणा छ। पार्टी नेतृत्वले नेवि संघलाई हस्तक्षेपमुक्त बनाउनुपर्नेमा उनको जोड छ।

‘विधि विधान र पद्धतिभन्दा माथि व्यक्तिवादी चरित्र हावी भएको छ, विद्यार्थी आन्दोलन पार्टी नेतृत्वले धरासायी बनाएको छ, पार्टीमा रक्त उत्ताराधिकारीको अभ्यास भइरहँदा हामीले भन्नै पर्ने हुन्छ, रक्त उत्तराधिकारीले पार्टी कार्यकर्ताको मर्मअनुसार काम गर्ने ल्याकत राख्दैन,’ शिवाकोटीले भने।

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : १२ कार्तिक २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल