Logo

समाचार

नेपालमा कोरोना प्रकोप : संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुग्यो



काठमाडाैं, १२ कात्तिक – कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जना संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मात्र २ हजार ९ सय ८१ जना संक्रमणमुक्त भएका छन्।

गौतमका अनुसार देशभरिका प्रयोगशालाहरूमा ८ हजार २ सय ४८ जनाको स्वाब परीक्षण गर्दा ७ सय ५८ महिलासहित १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नेपालमा बुधबारको तथ्यांकसँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ। जसमा ८ सय ८७ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ रहेको छ। कोरोना पुष्टि भएकामध्ये ३१ हजार ९ सय ३४ होम र ७ हजार ७ सय ९ संस्थागत आइसोलेसनमा रहेका छन्।

उनीहरूमध्ये २ सय ९० जनाको आइसियू र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

काठमाडौं उपत्यकामा मात्रै ८ सय ४३ नयाँ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंका ६ सय ९६ जना, ललितपुरका १ सय १८ र भक्तपुरका २९ जना छन्।

प्रकाशित : १२ कार्तिक २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल