Logo

राजनीति

‘रामचन्द्र दाइले शेरबहादुरजी र मैले विश्राम लिनुपर्छ भन्नुभएको छ, सभापतिले पनि योगदान दिनैपर्छ’



काठमाडौं, २ कात्तिक – नेपाली कांग्रेसकी प्रभावशाली नेतृ रीता खनालले पार्टी नेतृत्व रुपान्तरण गरेर आगामी निर्वाचनका लागि तयार हुनुपर्ने बताएकी छिन्।

नेतृ खनालले १४औं महाधिवेशनबाट नेपाली कांग्रेसले नयाँ नेतृत्व स्थापित हुने बताउँदै यसका लागि पार्टीको वर्तमान नेतृत्व, वरिष्ठ नेतासहित पार्टी पंक्ति तयार हुनुपर्ने धारणा राखेकी छिन्।

प्रत्यक्ष–अप्रत्यक्ष रुपमा नेपाली राजनीतिमा माफियातन्त्र हावी भएको स्वीकार गर्दै खनालले नेपाली कांग्रेसलाई नागरिकले भरोसा गर्न योग्य पार्टी बनाउन पनि महाधिवेशनले सम्पूर्ण रुपमा नयाँ र सक्षम नेतृत्व छान्नुपर्ने बताइन्।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकको भूमिकामा बसेर पार्टीलाई नयाँ टिमका साथ अघि बढाउन तयार हुनुपर्ने खनालको धारणा छ।

‘रामचन्द्र दाइले शेरबहादुरजीले र मैले विश्राम लिनुपर्छ भनेर आफैले भनिसक्नु भएको छ, उहाँले हामी अभिभावक बनेर बसौं भन्नुभएको छ, कार्यकर्ताले रामचन्द्र दाइलाई भनिरहनुपर्दैन, शेरबहादुरजी तपाई र म अभिभावक भएर बसौं, पार्टीलाई परिवर्तन दिऔं भनिरहनु भएको छ,’ खनालले भनिन्।

सभापति देउवाले पनि अहिले योगदान दिनुपर्ने बेला आएको बताउँदै खनालले नेपालमा लोकतन्त्रलाई बलियो बनाउन नेपाली कांग्रेसको दोश्रो पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औल्याएकी छिन्।

हेनुहोस्: कांग्रेस नेतृ रीता खनालसँगको अन्तरवार्ताः

प्रकाशित : २ कार्तिक २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल